Saturday, September 5, 2009

ुसानाुको सत्ता



मोहन ढुंगेल
दोस्रो जनआन्दोलनलगत्तै विघटित प्रतिनिधिसभा पुनस्रथापित गरियो विघटन हुनुअघिको प्रतिनिधिसभामा निर्वाचित शाही सत्तालाई समर्थन गर्ने केही बाहेक अन्य सबै संसद्लाई पुनस्रथापित प्रतिनिधिसभामा प्रवेश दिने निर्णय तत्कालिन सात दलले गरे पुर्नस्थापित संसद्मा एक जना निर्वाचित नभएको नयाँ सांसद्को प्रवेश भयो राप्रपाले प्रस्तुत गरेका ती सांसद् थिए २५ वर्षीय अभिषेकप्रताप शाह कपिलवस्तुबाट निर्वार्चित उनका पिता अजयप्रताप शाहको निधन भएपछि पिर्ताको विरासत थाम्न राप्रपाले उनलाई सांसद् बनाएको थियो

तर संविधानसभा निर्वाचनको मुखैमा उनी मधेशी जनअधिकार फोरममा प्रवेश गरे निर्वाचन पनि जिते संसद्मा पहिलो पटक पाइला राख्दा नेपाली साचारमाध्यममा उनको खुबै चर्चा भयो सबैभन्दा कलिलो सांसद्का रुपमा तर संविधानसभा निर्वाचनमा प्रत्यक्ष समानुपातिक निर्वाचन प्रणाली अंगीकार गरिएपछि २५ वर्षका सभासद् उनी मात्र रहेनन् अहिले त्यो विषय सामान्य झै बन्यो

नेपाली राजनीतिमा सानै उमेरमा सत्ता चलाउनु जस्तो चुनौतिपूर्ण काममा वंश परम्पराका राजाहरुबाहेक सामान्य नागरिकको संख्या औंलामा गन्ने मात्र त्यो पनि इतिहासको पानामा मात्र सन् १९५९ मा जन्मेका कांग्रेस नेता कृष्णप्रसाद भट्टराईले ३५ वर्षको उमेरमा संसद्को सभामुखको जिम्मेवारी कुसलतापूर्वक निभाएका थिए भने कांग्रेसका अर्का संस्थापक बीपी कोइरालाले ३७ वर्षको उमेरमा राणाकालको अन्त्य प्रजातन्त्रकालको सुरुवातको संक्रमणकालमा गृहमन्त्रालय हाँकेका थिए कोइराला प्रधानमन्त्री बन्दा भने ४५ वर्ष कटिसकेका थिए ४५ वर्षको उमेरमा पहिलो पटक प्रधानमन्त्री सम्हाल्ने सूर्यबहादुर थापा अहिले पनि नेपाली राजनीतिका ुबाघु मानिन्छन्

राजा महाराजको विषयलाई तान्ने हो भने पहिलो नम्बरमा आउँछन् नागरिक बनिसकेका तत्कालीन राजा ज्ञानेन्द्र उनले तीन वर्षको उमेरमा नेपालको राजगद्धीमा बस्नुपरेको थियो यद्यपि त्यो स्वेच्छाले भने थिएन राणा शासनप्रति विद्रोह गरेर तत्कालीन राजा त्रिभुवन सपरिवार दिल्ली गएपछि ज्ञानेन्द्र मात्र नेपालमा रहेकाले राणाहरुले उनलाई सन् १९५० मा राजा घोषित गरेका थिए दुई महिनासम्म राणाहरुकै इशारामा राजकाज चलाएका ज्ञानेन्द्रको नाममा त्यसबेला मुद्रासमेत निकालिएको थियो

विश्व राजनीतिमा भने ४४ वर्षमुनिका युवाहरुले देशको सर्वोच्च राजनीतिक निकाय राष्ट्रपति प्रधानमन्त्री चलाएका प्रशस्तै उदाहरण छन् अहिले पनि ४४ वर्ष मुनिका २० नेताले -आफ्नो देशको सत्ता बागडोर हाँकिरहेका छन्

तीमध्ये कोही वंश परम्परालाई धान्दैछन् भने कोहीले चाहिँ आफ्नै बाहुबलमा सत्ता प्राप्त गरेका हुन् भुटानका राजा जिग्मे केशर नाम्ग्याल वाङ्चुक अहिले २९ वर्षका छन् २१ फेब्रुअरी १९८० मा जन्मेका उनलाई सो जिम्मा पिता जिग्मे िसंगे वाङचुकले दिएका हुन् जिग्मेकी तेस्री पत्नी छिरिङ याङडनका जेठा छोरा उनी अविवाहित नै छन् संयुक्त अधिराज्यको अक्सफोर्ड विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर उनले विद्यालय शिक्षा भने अमेरिकाको म्यसेचुसेट्सस्थित फिलिप्स एकेडेमीबाट पुरा गरेका हुन्

राजा हुनुअघि केशरले भुटानको राजसंस्थाबाट विश्वका विभिन्न स्थानमा आयोजित सांस्कृतिक शैक्षिक आर्थिक माचहरुमा प्रतिनिधित्व गरेका थिए

जर्जियाका प्रधानमन्त्री ३४ वर्षीय निकोलस गिलाउरी भने आन्दोलनमार्फत् सत्तामा आएका हुन् १४ फेब्रुअरी १९७५ मा जन्मेका उनी गत फेब्रुअरीमा प्रधानमन्त्री पदमा आसिन भएका हुन् निक्काको नामले समेत चिनिने उनले त्यसअघि उपप्रधानमन्त्री एवं अर्थमन्त्रीको अनुभव हासिल गरिसकेका थिए

अमेरिकाको फिलाडेल्फियास्थित टेम्पल विश्वविद्यालयबाट इन्टरनेश्नल बिजनेश म्यानेजमेन्ट विषयमा स्नातकोत्तर उनले उर्जा दूरसाचार विद्युतसम्बन्धी परियोजनाहरुमा नेतृत्वदायी पदमा रहेर अनुभव बटुलिसकेका छन्

जर्जियामा २००३ मा भएको शान्तिपूर्ण ुरोज रिभोलुसनु अर्थात गुलाबी क्रान्तिपछि गिलाउरी पहिलो पटक सरकारमा सामेल भएका हुन् सो आन्दोलनले तत्कालीन राष्ट्रपति एडुअर्ट सेभार्जनाजलाई पदच्यूत गरेको थियो आन्दोलनलगत्तै मिखाइल साकास्भिलीको नेतृत्वमा बनेको सरकारमा १७ फेब्रुअरी २००४ मा गिलाउरी उर्जामन्त्री बनेका हुन् उनी मन्त्री बनेलगत्तै जर्जियामा भएको गम्भीर लोडसेडिङ हटाउन अजरबैजान इरानबाट ग्यास आपूर्ति गर्न सफलता हात पारे त्यसअघि रसिया सरकारले जर्जियामा उर्जा आपर्तिमा प्रतिबन्ध लगाएको थियो गिलाउरीको सो कामले नै उनलाई सफलताको सिडी चढ्न मद्धत गर्यो उनी जनताको नजरमा लोकपि्रय उमेर सानो भएपनि परिपक्व नेता ठहरिए

गि्रगोल सरकारलाई संसद्मा विश्वासको मत दिलाउन गिलाउरीको ुरोगजारीु योजनाले महत्वपूर्ण भूमिका निभाएको थियो

रेडियो प्रस्तोताबाट ३५ वर्षको उमेरमै मडागास्करका राष्ट्रपति बनेका

एन्ड्री निरिना राजोएलिन गत मार्चमा सेनाको सहयोगमा सत्तामा आएका हुन् जनवरी १९७४ मा जन्मेका उनी त्यसअघि अन्तानानारिभो नगरका मेयर थिए उनले तत्कालीन राष्ट्रपति मार्क राभालोमानानाविरुद्धको आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेका थिए उनी स्वयम् पनि सैनिक परिवारका सदस्य हुन् उनका पिता सेनाको कर्नेल थिए

२० वर्षको उमेरसम्म एन्ड्री अन्तानानारिभो नगरका विभिन्न क्लब तथा बारहरुमा नाचगान गर्थे पछि उनले आफ्नै लगानीमा भीभा रेडियो स्थापना गरे रेडियोलाई व्यापार दिलाउन उनले आफ्नै विज्ञापन एजेन्सी पनि खोलेका थिए

उनको नेतृत्वमा स्थापित ुसक्षम युवाु नामको संस्थालाई उनले आफ्नै रेडियोबाट जनमानसमा स्थापित गराए पछि सोही संस्थालाई अघि सारेर राष्ट्रपति मार्ककै सहयोगमा १२ डिसेम्बर २००७ मा उनी मेयर बन्न सफल भए

डोमिनिकाका प्रधानमन्त्री रुज्भेल्ट स्केरिट भने ३२ वर्षमै सो पदमा पुगेका हुन् जुन १९७२ मा जन्मेका उनले सन् २००४ देखि प्रधानमन्त्री पद सम्हालेका हुन्

पोर्टसमाउथ सेकेन्डरी स्कूलबाट अक्षराम्भ गरेका रुजभेल्ट मिसिसिपी विश्वविद्यालयबाट अंग्रेजी मनोविज्ञान विषयमा स्नातक हुन् विद्यालय तहबाटै राजनीतिमा चाख राख्ने उनी पोर्टसमाउथ स्कूलका विद्यार्थी परिषद्का अध्यक्ष बनेका थिए न्यू मे_िक्सको विश्वविद्यालयमा प्रमाणपत्र तह अध्ययन गरेका बेला उनी डोमिनिका विद्यार्थी संघको अध्यक्ष भए त्यसैबेला उनी डोमिनिका पि्रुडम पार्टीका युवा विभागको प्रमुखसमेत बने डोमिनिका लेबर पार्टीको सदस्य भएपछि उनी स्वदेश फर्किए केही समय क्याम्पसमा प्राध्यापनपछि सन् २००० मा भिल्ले केस निर्वाचन क्षेत्रबाट उनी संसद सदस्य चुनिए शिक्षा खेलकूद तथा युवामन्त्री बनेपछि चिनको समर्थक बनेका उनी जनवरी २००४ मा तत्कालीन प्रधानमन्त्री पिएरर चाल्स्रको मृत्युको तेस्रो दिन सो पदमा आसिन भएका हुन् उनलाई विश्वका सबैभन्दा कान्छा प्रधानमन्त्रीका नामले समेत संबोधित गरिन्छ

२००५ मा सम्पन्न आमनिर्वाचनमा उनको दलले ५२ प्रतिशत मत प्राप्त गर्दै संसदमा १२ सिट कब्जा गरेको थियो विपक्षी दल युनाइटेड वक्स्र पार्टीले ४४ प्रतिशत मत ल्याएर स्थान सुरक्षित गरेको थियो

उनलाई क्यूबाका तत्कालीन राष्ट्रपति फिडेल क्यास्ट्रो भेनेज्युएलाका राष्ट्रपति ह्यूगो चावेजका समर्थक मानिन्छ फेब्रुअरी २००७ मा क्यारेबियन डेभलोपमेन्ट रिसर्च इन्टिच्यूटले गरेको एक सर्वेक्षणमा प्रधानमन्त्री रुजवेल्टले ५८ प्रतिशत मत प्राप्त गरेका थिए

प्रतिभामा पाका तर उमेरमा कान्छा राजनेतामा आइभरीकोस्टका प्रधानमन्त्री गुलियम सोरो पनि पर्छन् मे १९७२ मा जन्मेका सोरो तीन वर्ष अघिबाट आइभरीकोस्टको सत्तामा छन् उनी हाल ३६ वर्षका भए

सशस्त्र विद्रोह सकिएर जनवरी २००३ मा शान्ति सम्झौता भएपछि सोरो साचारमन्त्री बने सरकारमा सामेल भएको सात महिना नबित्दै सोरोसहित ुनयाँ शक्तिुका मन्त्रीहरुले राजिनामा दिए सडक संघर्ष सुरु गरे तर पछि विपक्षीले ुकु गर्न खोजेको भन्दै सोरो अगस्ट २००४ मा सरकारमा फर्के त्यसलगत्तै प्रधानमन्त्री चाल्स्र कोनान बन्नीले उनलाई पुननिर्माणमन्त्री बनाए उनलाई मन्त्रिपरिषद्मा दोस्रो वरियता पनि दिइयो

मार्च २००७ मा सोरोले प्रधानमन्त्रीको पद सम्हाले आन्दोलन निस्तेज पारेको भन्दै आक्रोशित विपक्षीले २९ जुन २००७ मा सोरो चढेको विमानलाई लक्षित गरेर रकेट प्रहार गरेका थिए तर सौभाग्यवश सोरो घाइते मात्र भए विमानमा रहेका चारजना मारिए भने अन्य दस घाइते बने सो घटनामा सशस्त्र संघर्षका बेला सोरोसँग एकसाथ काम गरेका गिब्यागोको हात रहेको आरोप लगाइएको थियो तर ३० जुलाईमा गिब्यागो सोराबिच शान्ति सम्झौता भएको थियो



३७ वर्षका जोसेफ कबिला सन् २००१ देखि लगातार प्रजातान्त्रिक गणतन्त्र कंगोका राष्ट्रपति छन्

जन्म जुन १९७१ जन्मेका उनी पिता कानाम्बे मजिरीको हत्याको १० दिनपछि सो पदमा पुगेका हुन् २७ नोभेम्बर २००६ मा भने उनले निर्वाचन जिते

जन्मथलो दक्षिणी किभु तान्जानियाको दारएसलाम मेविया गरी तीन ठाउँ चाहारेर उनले प्रारम्भिक शिक्षा पुरा गरेका हुन् उनले हाइस्कुलमै सैनिक शिक्षा लिएका थिए युगान्डाको माकेरेरे विश्वविद्यालयमा पढ्दै गर्दा उनका पिताले तत्कालीन मोबुटु सत्ता फाल्न चालेको सशस्त्र संघर्षमा उनी होमिए संघर्षमा लडाकू कमान्डर हुँदा उनी २५ वर्षका थिए

मोबुटुको हारपछि उनका पिताले कंगोको सत्ता चलाए जोसेफ भने तालीम लिन चीनको बेइजिङस्थित नेश्नल डिफेन्स युनिभसर्िटी कलेजमा भर्ना भए तालीम सकेपछि उनलाई सेनाको मेजर जनरल बनाइयो उनले कंगो आम्ड फोस्रको उपप्रमुखको जिम्मेवारी पनि सम्हाले दुई वर्षपछि सन् २००० मा उनी प्रमुख भए सन् १९९८ देखि २००३ सम्म कंगोमा चलेको सशस्त्र युद्ध नियन्त्रणमा खटिएको सरकारी सेनाका उनी प्रमुख कमान्डर थिए

पिताका हत्यापछि उनको राष्ट्रपतित्वकालमा सशस्त्र संघर्ष अन्त्य विदेशी सेना फिर्ता जस्ता महत्वपूर्ण कार्य गरे सत्ता सम्हाल्दा उनी २९ वर्षका मात्र थिए संघर्ष अन्त्य गर्न उनले विद्रोही दुई नेतालाई उपराष्ट्रपति बनाएका थिए

कबिलाको कार्यकालमा पूर्व राष्ट्रपति मोबुटु सेसेसे सेनाका मेजर इरिक लेन्जजस्ता हस्तीले विद्रोह गरेका थिए डिसेम्बर २००५ मा सम्पन्न जनमतसंग्रहले कंगोको नयाँ निर्माणको आदेश दिएपछि ३० जुलाई २००६ मा राष्ट्रपतीय निर्वाचन भयो पहिलो चरणको निर्वाचनमा कबिला प्रतिद्वन्द्वी जीन पिएररे बेम्बाले आवश्यक बहुमत ल्याउन नसकेपछि दोस्रो पटक निर्वाचन गर्नुपर्यो पहिलो निर्वाचनमा बेम्बाले २० कबिलाले ४५ प्रतिशत मत प्राप्त गरेकोमा तेस्रा भएका एन्टोनी गिजेंगाको सहयोगले दोस्रो चरणमा कबिलालाई ५८ दशमलव ०५ प्रतिशत मत पर्यो त्यही गुन तिर्न उनले एन्टोजीलाई प्रधानमन्त्री नियुक्त गरे

मेसेडोनियाका प्रधानमन्त्री निकोला ग्रुवस्की गत ३१ अगस्टमा ३९ वर्ष पुरा गरेर ४० वर्षमा टेके निकोला तीन वर्षअघि अर्थात ३१ अगस्ट १९७० मा सो पदमा पुगेका हुन् सन् २००२ मा ल्जुब्को जर्जीवस्की नेतृत्वको मन्त्रिपरिषद्मा अर्थमन्त्रीका रुपमा उनको सत्ता यात्रा सुरु भएको हो

ग्रीक गृहयुद्धका बेला ग्रुवस्कीका हजुरबा मारिएपछि हजुरआमाले उनका पिता दुई काकालाई जोगाउन युगोस्लाभिया लगेकी थिइन् उनका पिताले एक मेसेडोनियाली युवतीसँग विवाह गरेपछि ग्रुवस्की जन्मेका हुन् तर आमाबाबुको पारपाचुके भएपछि उनलाई आमाले पालनपोषण गरेकी हुन् सन् २००६ मा भएको संसदीय निर्वाचनमा ग्रुवस्की नेतृत्वको पार्टीले बहुमत हासिल गरेपछि उनी प्रधानमन्त्री बनेका हुन्

जुन २००८ मा भएको संसदीय निर्वाचनमा पनि उनी संसद्को आधाभन्दा बढी सिट जित्न सफल भए यद्यपि सो निर्वाचन शान्तिपूर्ण भने हुन सकेन

अर्को देश नाउरोका राष्ट्रपति मार्कस स्टेफेन पनि सन् २००७ मा ३९ वर्षकै उमेरमा सो पदमा पुगेका हुन् स्टेफेन एकताका प्रसिद्ध भारोत्तोलक थिए सोही प्रतिभाले उनलाई राजनीतिमा स्थापित गराएको हो स्टेफनेका पिता ल्वरेन्स स्टेफेन सन् १९७१ देखि ७७ १९८० देखि ८६ सम्म नाउरोका संसद् सदस्य थिए १९९७ मा भएको संसदीय निर्वाचनमा इवा-एनेटन क्षेत्रबाट निर्वाचित भएपछि उनी राष्ट्रपति रेन ह्यारिसको कार्यकाल अगस्ट २००३ देखि २२ जुन २००४ मा शिक्षा अर्थमन्त्री बने

अक्टोबर २००४ २००७ मा भएको निर्वाचनमार्फत् उनी पुनः संसद्मा आए २८ अगस्टमा भने उनले राष्ट्रपतिमा उम्मेदवारी दिए लर्डविङ स्कुटीले निर्वाचन जिते करिब तीन महिनापछि राष्ट्रपति स्कुटी संसद्मा प्रस्तुत अविश्वास प्रस्तावमा पराजित भएपछि स्टेफेनका लागि बाटो खुल्यो

स्टेफेनका राष्ट्रपतीय कार्यकाल सहज भने रहेनन् विरोधीले साचालन गरेको आन्दोलन संसद् त्यहाँको अदालतका विभिन्न अवरोधको सामना गर्नुपरेको थियो द्वेध नागरिकताको मुद्धामा १० अपि्रल २००८ मा नाउरोको संसद्ले राष्ट्रपति स्टेफेनसहित उनका आठ सहयोगीलाई निलम्बन गर्यो

त्यसको एक सातापछि उनले देशभर संकटकाल घोषणा गरे २६ अपि्रलका लागि निर्वाचनको मिति तोकिदिए सो निर्वाचनबाट उनी उनको समूहले १८ सदस्यीय संसद्मा बहुमत हासिल गर्यो

दक्षिणवर्ती अपि्रुकाको सानो देश स्वाजिलेन्डका राजा मास्वाती तेस्रा पनि ुसाना शासकुको कोटीमा गनिन्छन् मास्वाती १८ वर्ष दिनमा युवराज घोषित भएका थिए उनका १५ रानी छन् पछिल्लो पटक सेप्टेम्बर २००८ मा उनले कान्छी रानी छनोट गरेका हुन् त्यहाँका राजाले देशका सबै सम्प्रदायका युवतीसँग बिहे गर्ने प्रचलन त्यसो गर्दा सबैसँग राम्रो सम्बन्ध हुने विश्वास राजघरानाको मास्वातीका २३ सन्तान छन् उनलाई सन् २००९ मा प्रकाशित प्यारेड म्यागजिनले संसारका खराब निरंकुश राजाको सूचीमा राखेको

लिस्टेन्सेनका प्रधानमन्त्री क्लाउस ट्युस्चर अहिले ४१ वर्ष पुगे उनी यसैवर्ष त्यहाँको प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् उनी कानुन विषयमा विद्यावारिधि हुन् त्यस्तै सोही देशका राजा अर्थात् पि्रन्स अलोइसको उमेर पनि ४० नै

लात्भियाका प्रधानमन्त्री भेल्डिस डोम्ब्रोवस्कीस् पनि ३७ वर्षका छन् उनी यसैसाल देशको प्रधानमन्त्री बनेका हुन्

अन्तराष्ट्रिय मापदन्डअनुसार ४४ वर्षमुनिका लाई युवा मान्दा गत वर्षमात्र माल्दिभ्सका बाघ मानिने मोमुन अब्दुल गयुमलाई हराएर राष्ट्रपति पद सम्हालेका मोहम्मद नसिद ४१ वर्षका छन्

त्यस्तै रोमानियाका प्रधानमन्त्री इमिल बोक टोगोका राष्ट्रपति फाउर ग्नासिग्वे बुल्गेरियाका प्रधानमन्त्री सर्गेइ स्टेनिसेव ४२ वर्षमा हिँडदैछन्

रुसका राष्ट्रपति दिमित्री मेडभेडेव सिरियाका राष्ट्रपति बसार अल असद स्वीडेनका प्रधानमन्त्री फेडरिक रेनफिल्ड काजकस्तानका प्रधानमन्त्री करिम मसिमोभ गाम्भीयाका राष्ट्रपति एहया जमी ४३ वर्ष पुगेका छन् भने एल साल्भाडोरका राष्ट्रपति एन्टोनियो साका मडगास्करका प्रधानमन्त्री मोन्जा रोइन्डेफो ४४ मा दौडदैछन्

दौडमा यी पनि थिए

जोर्डनका राजा हुसेन प्रथम अहिले बुढा भए तर उनले अत्यन्तै कलिलो उमेरमा राजकाज सम्हालेका हुन् उनले राजकाज सम्हाल्दा मात्र १६ वर्षका थिए १६ वर्षको उमेरमा राजकाज सम्हाल्ने अर्का राजा हुन्-भुटानका जिग्मेिसंग वाङ्चुक अहिले भने छोरालाई गद्धी जिम्मा लगाएर फुस्रदमा छन् स्वाजिलेन्डका राजा मास्वाती तेस्रा गद्धीमा बस्ने बेला १८ वर्षका मात्र थिए भने थाइलेन्डका राजा भूमिबोल अदुल्यादेजले पनि १८ वर्षकै उमेरमा गद्धी सम्हालेका थिए

पिताको मृत्यु भएलगत्तै हाइटीका जीन क्लाउड डुभालियरले विरासतमा देशको राष्ट्रपति सम्हाल्नु पर्यो मात्र १९ वर्षको उमेरमा

त्यस्तै पिताले गद्धी त्यागेपछि बेल्जियमका राजा बाउडोइन प्रथमले २० वर्षमा राजकाज थाम्नुपर्यो

१९ वर्षअघि गुमेको गद्धी सम्हाल्ने क्रममा लेसोथाका राजा मोसोएसोए दोस्राले २१ वर्षको उमेरमा राजगद्धी पाए त्यस्तै पिताले राजिनामा दिएपछि ब्रुनाईका सुल्तान हसनल बोल्किया २१ वर्षमा राजा बनेका थिए भने संयुक्त अधिराज्यकी महारानी एलिजावेथ द्वितीय पनि २५ वर्षको उमेरमा गद्धीनसिन भएकी थियन्

भेलेन्टाइन स्ट्रसरले २५ वर्षकै उमेरमा सैनिक ुकु गरेर सिएरालिओनको राष्ट्रपति पद हत्याए भने लिबियाका राष्ट्रपति मोमर अल गद्धाफीले त्यहाँको परम्परागत राजतन्त्र समाप्त पारेर पहिलो उच्च नागरिक सम्मान पाउन सफल भएका थिए २७ वर्षमा राजकाज थाम्नेमा स्वीडेनका राजा कार्ल गुस्ताफ सोह्रौं लेसोथोका राजा लेट्साइ तेस्रा पनि हुन् लेट्साइले पिताको पलायनपछि गद्धी थामेका हुन्

लाइबेरियाका राष्ट्रपति सामुएल डोएले पनि २८ वर्षको उमेरमा सैनिक कु गरेर त्यहाँको सत्ता हत्याएभने २८ वर्षमै बहराइनका अमीर इसाइबन सलमान अल खलिफाले सत्ता सम्हालेका हुन्

टोगोका गनािसंबे इयादेमा गाम्बियाका याह्या जमीहले २९ वर्षमै सैनिक ुकु गरेर राष्ट्रपति हत्याए भने बुरुन्डीका राष्ट्रपति जीन बाप्तिस्ते बागाजाले ३० वर्षमा सैनिक ुकु गरेका थिए आफ्नै पितालाई कु गरेर सत्ता आफ्नो हातमा लिएका ओमानका सुल्तान काबोस् बिन सइद अल सइद त्यसबेला २९ वर्षका मात्र थिए

२० भदौ २०६६ मा राजधानी दैनिकको सौजन्यमा प्रकाशित

Saturday, June 6, 2009

सडकमा ुलकु खोज्दै









मोहन ढुंगेल


मेरो नाम योकीन्द्र नेपाली हो । म अहिले १६ वर्षको भएँ । म जन्मेको घर पोखराको लेकसाइट हो रे † तर मलाई मेरो घर अनि मेरी आमाको अनुहार याद छैन । आमा म सानै हुँदा मरिन् भन्छन् लेकसाइटका मान्छे । मेरो बाको अनुहारचाहिँ मलाई अझै याद आउँछ ।
लेकसाइटका मान्छेले भनेअनुसार मेरी आमा साह्रै रक्सी खान्थिन् रे † रक्सी खाएकै कारण आमा मरेकी हुन् रे † मेरा बा पनि रक्सी खान्थे । हामी दमाई हुनाले रक्सी खानु हाम्रा लागि सामान्य हो भन्थे हाम्रा बा ।
आमा मरेपछि बाले अर्की आमा ल्याए । अर्की आमा ल्याएपछि बाले मलाई सधैं पिट्थे । रक्सीको झोंकमा बाले भन्थे ुतँ मरे पनि मलाई केही फरक पर्दैन ।ु दिनदिनै बा र अर्की आमाले कुट्न थालेपछि मैले घर छाडेँ । पछि गाउँको एउटा चिनेको मान्छेले ुतेरो बाउ मर् योु भने । बा मरेको खबर मैले काठमान्डु आएपछि मात्रै थाहा पाएको हुँ ।
मेरो एउटा दाइ पनि थियो । उसलाई पनि बा र अर्की आमाले साह्रै दुःख दिन्थे रे † अहिले ऊ विदेशमा छ भन्छन् । तर कहाँ छ मलाई थाहा छैन । भेटेँ भने चिन्छु कि चिन्दिनँ । उल्ले पनि मलाई चिन्दैन होला ।
केही वर्ष पोखरामै कवाडी सामान खोजेँ । दिनभरि कवाडी सामान खोज्यो बेलुका बेच्यो गर्दा मैले पैसा पनि कमाउन थालेँ । दिनको दुई-तीन सय कमाउन थालेपछि किन घर जानु भन्ने लाग्यो । घर गए त्यो पैसा बाले लगिहाल्थे त्यसैले कमाएको पैसा जोगाउन पनि घर जान मन लाग्दैनथ्यो । दिनभरि काम कवाडी समान उठाउने गर् यो बेलुका बेच्यो त्यसको पैसाले होटलमा गएर टन्नै खायो । मज्ज्ाा आउँथ्यो । केटाहरु आफू जस्तै सडक बालकको संगतमा परेर चुरोट खान सिकियो । अलिअलि रक्सी पनि खाइन्थ्यो । तर उनीहरुले कर गर्दा पनि मैले ुटुपु चाहिँ कहिल्यै खाइनँ ।
झन्डै आठ वर्ष पोखरामा बसेपछि मलाई काठमान्डु आउन मन लाग्यो । गोजीमा अलिअलि पैसा थिँदैथियो । बस चढेर काठमान्डु आएँ । यहाँ म काम गर्न आएको थिएँ । होटलमा भाँडा माझ्न पाइन्छ भन्थे साथीहरु । तर यहाँका साउहरुले ुतँ फोहोरी छस्ु भनेर मलाई काम दिएनन् । त्यसपछि यैवसन्तपुरको मन्दिरमा आएँ । सुरुमा त यहाँका केटाहरुले साह्रै दुख दिए । तर पछि ुगुरु स्थानीय लागूपदार्थ दुव्र्यसनी दादाले कमाएको पैसाबाट कमिसन दिनुपर्छ भनेर मलाई बस्न दियो ।
सुरुमा मैले पनि अरुसँग मिलेर कवाडी सामान टिप्ने काम गरेँ । दिनभरि कवाडी सामान टिप्यो बेलुका न्युरोडको कवाड साहुकोमा लगेर बेच्यो चार सय भयो भने तीन सय गुरुलाई दियो बाँकी राख्यो यस्तै थियो ।
म ६ महिनाअघि काठमान्डु आएको हुँ । म काठमान्डु आएदेखि नै एक्लै छु । अरु केटाहरुको ग्याङ छ । तर मलाई ग्याङ बनाउन मन लागेन अरुको ग्याङमा जान पनि मन लागेन । ग्याङ बनायो भने दादा टाइपकाले कामै नगरी पैसा खाइदिन्छन् । ुटुप खाु भन्छन् । त्यसैले एक्लै बस्न मन लाग्यो । यहाँ वसन्तपुरमा पनि एउटा ग्याङ छ । त्यसले मलाई पनि आइज भनेको थियो । तर गुरुले ुमन लाग्दैन भने एक्लै बसु भनेपछि म गइनँ । म यही मन्दिरमा सुत्छु । कसैसँग बोल्न मन लाग्दैन । चलाए भने हानिदिन्छु । बिहान ६ बजेतिर उठ्छु । मुनि मन्दिरवरपर पसलका साहुहरुले पत्रिका मिलाइदे भन्छन् । कसैले चुरोट ल्याउन लगाउँछन् । त्यो काम गरेपछि १० रुपियाँ दिन्छन् । दिनको ४०-५० रुपियाँ भइहाल्छ । त्यसैले हिजोआज कतै जान्नँ ।
दिउँसो कुइरे विदेशी पर्यटकलाई मुर्गा बनाउँछु । कोहीकोही त नेपाली पैसा चिन्दैनन् । पाँच सय रुपियाँ पनि हात लाग्छ । कहिले कुइरेको पैसा खसेर ुलकु लाग्छ । माथि बस्यो कुइरे हेर् यो । पहिले माग्यो दिएन भने पछिपछि लागेर सतायो झरिहाल्छ ।
अहिले मलाई भात खान खाँचो छैन । त्यसैले पनि काम गर्न अल्छी लाग्छ । एउटा एपीसी सडक बालबालिकाका लागि खाना र अनौपचारिक शिक्षा दिने उद्देश्यले खोलिएको संस्था जो त्यही वसन्तपुरपरिसरमा छ भन्ने ठाउँ छ त्यसले भात खुवाउँछ । दिउँसो क्यारेमबोर्ड खेल्न पाइन्छ । बिहान जान्छु गिलास माझिदिन्छु चिया खान्छु । दिउँसो भाँडा माझ्न सघाइदिन्छु । बेलुका पनि भात खाएपछि भाँडा माझिदिन्छु ।
कहिले त जान मन लाग्दैन । त्यसका सरहरुले नपढ्नेलाई भात खान नदिने नियम बनाएका छन् । पढ्न झ्याउ लागेका बेला कुइरेलाई मुर्गा बनाएको पैसाले बाहिरै खान्छु । एपीसी जान्न । त्यहाँ गएका बेला अरु केटाहरुलाई पनि चिया बाँड्न मलाई नै लगाउँछन् सरहरुले । म पनि अलि दादा टाइपको भएकाले केटाहरुले मलाई मान्छन् ।
हाम्रो एरिया वसन्तपुर मा १५ जना केटाहरु छन् । सबै पुराना हुन् । नयाँलाई बस्न दिँदैनौं । अलि अस्ती एउटा केटो कहाँबाट आयो हामीले लखेट्यौं । ऊ सायद न्युरोडतिर गयो होला । त्यहाँ विशालबजारपरिसरमा पनि एउटा ग्याङ छ । स्वयम्भु ठमेल सोह्रखुट्टे रत्नपार्क र पाटनमा पनि अरु केटाहरुको ग्याङ छ । उनीहरुको एरियामा हामी गयौं भने हामीलाई ठोक्छन् हाम्रो एरियामा आए भने उनीहरुलाई ठोक्छौं । त्यसैले कोही कसैको एरियामा जाँदैन । कहिले झुक्किएर फाइट भयो भने ुगुरुले मिलाउँछ ।
गुरुले कहिलेकाँही ुड्रामाु गराउँछ केटाहरुलाई । केटाहरु सुन्धाराको बंगुर काट्ने पसल जान्छन् । पसलेलाई गुरुले नै भनिदिएको हुन्छ । त्यहाँबाट प्लास्टिकको झोलामा बंगुरको रगत लिएर आउँछन् । साना-साना केटा छानेर गुरुले उनीहरुको टाउकोमा झ्याप्पै बंगुरको रगत लगाइदिन्छ र पट्टी बाँधेर माग्न पठाउँछ । रगतैरगत देखेपछि मान्छेले पैसा झार्छन् । कुइरेले त राम्रै माल दिन्छन् । मलाई पनि एक दिन गुरुले रगत लगाएर माग्न जा भन्यो । म मज्जाले हाँसेर ुत्यस्तो गर्न सक्दिनँ हाँसो उठ्छु भनेपछि मनपरि गाली दिएर लात्तले हान्यो । त्यसपछि मलाई त्यस्तो काममा लगाउँदैन । तर कहिलेकाँही कैंची हान्न पकेट मार्न भने पठाउँथ्यो । तर अहिले त एपीसीका सरहरुको डर लाग्छ जान्न । एकपटक त मलाई कैंची हान्दाहान्दै पुलिसले पक्रेर लग्यो । तर गुरुले के-के गर् यो दुई-चार घन्टापछि लात्तीले हानेर छाडिदियो । पुलिसहरु आउट डे्रसमा आउँछन् केटाहरुलाई डेन्ड्राइड एक प्रकारको लागूपदार्थ खाएकै बेला पनि समात्छ र लगेर ुभाटा हान्छ ।ु माल पनि खोसेर लान्छ ।
गुरु प्रायः बेलुका हामीलाई भेट्न आउँछ । ऊ पनि कैंची मार्ने मान्छे हो । तर ऊ विशालबजारको लोकल हो । उसको घर पनि छ भन्छन् केटाहरु तर मलाई थाहा छैन । मलाई अलि विश्वास गर्दैनन् उनीहरु । किनभने म उनीहरुका सबै कुरा मान्दिनँ । उस्तै परे काठमान्डु छोडेर जान्छु भनिदिन्छु ।
अहिले त मैले एउटा कुइरेलाई पट्याएको छु । ऊ केही दिनमै आउँछु भनेर उसको देश गएको छ । मलाई ुलैजान्छु भनेको छ । उसले लग्यो भने त मालामाल हुन्छु नि म पनि । उसले मलाई गाडीमा हिँडाउँछु राम्रो राम्रो लुगा किनिदिन्छु भनेको छ । हेरौं मेरो ुलकु कस्तो छ ।
हाम्रो एरियाका केटाहरु अहिले पनि कवाडी खोज्न जान्छन् । एउटा ग्याङले दिनको दुई सयजति कमाउँछ । एउटा ग्याङमा पाँचजना हुन्छन् । कमाएको पैसा गुरुले मागेजति दिनुपर्छ । आन्दोलन हुँदा पनि रमाइलो हुन्छ । गयो एउटाको झन्डा हात पार् यो जो भेटिन्छ त्यसलाई ठोक्यो । अस्ति नेवारहरुको आन्दोलनमा म एक्लैले तीनवटा गाडी फुटालिदिएँ । कोहीकोही केटाले त आन्दोलन गर्ने बोससँग पैसा पनि झार्छन् । मैलेचाहिँ अहिलेसम्म एक रुपियाँ पनि पाएको छैन ।
कुराकानीमा आधारित

Friday, May 15, 2009

बोर्डिङ पाठ्यक्रममा चरम लापरवाही, गलत शिक्षा दिइन्छ विद्यार्थीलाई




मोहन ढुंगेल प्रदिप न्यौपाने र टपेन्द्र कार्की
सरोकारवाला सरकारी निकाय केही पुस्तक प्रकाशन संस्था र विद्यालय साचालकहरुको लापरवाहीका कारण नीजि बोर्डिङ स्कूलका विद्यार्थी त्रुटीपूर्ण पाठ्यक्रम पढ्न बाध्य छन् ।
देशको राजनीतिक परिवर्तनले तत्काल प्रभावित पार्ने सामाजिक विषयक त्यस्ता पाठ्यक्रमलाई समयानुकुल परिमार्जन गर्न प्रकाशन गृहहरुको लापरवाही र जुन प्रकाशन संस्थाले बढी कमिसन दिन्छ त्यसैका पुस्तकलाई पाठ्यक्रममा सामेल गर्ने विद्यालय साचालकहरुको लोभ तथा नीजि विद्यालयका पाठ्यक्रम स्वीकृत गर्ने र स्वीकृत पाठ्यक्रमअनुरुप अध्ययन अध्यापन भइरहेका छ÷छैन भनी अनुगमन गर्ने सरकारी निकायको हेलचेक्र्याइँका कारण हजारौं कलिला विद्यार्थीमा गलत सन्देश प्रवाहित भइरहेको छ ।
गलत सन्देश जाने किसिमका पाठ्यपुस्तकले विद्यार्थीमा असर पार्ने त्यस्ता पुस्तकका लेखक प्रकाशन संस्था र सम्बन्धित सरकारी निकायका अधिकारीहरुले समेत स्वीकार गरेका छन् भने विद्यालय साचालकहरु भने पुस्तकमा उल्लेखित त्रुटीपुर्ण सन्दर्भलाई मौखिकरुपमा सच्याएर विद्यार्थीहरुलाई पढाइएको दावी गरेका छन् ।
विशेषगरी काठमाडौंमा रहेको सत्याल पब्लिकेसन र एकता बुक्स एन्ड डिस्ट्रिब्यूटस्रले प्रकाशित गरेको नीजि विद्यालयका पाठ्यक्रममा परिवर्तित राजनीतिक प्रणालीविपरितका विवरण छन् ।
ु२३ कात्तिकमा संविधान दिवस मनाइन्छु सत्याल पब्लिकेशनले निकालेको कक्षा सातको सोसियल स्टडी पुस्तकमा उल्लेख छ । जबकि हाल नेपाल अन्तरिम संविधान कि्रयाशील छ र २०४७ सालमा बनेको नेपाल अधिराज्यको संविधान खारेज गरिसकिएको छ । खेमलाल पोखरेलद्वारा सम्पादित सो पुस्तकको पुष्ठ ६० मै ु२०६३ सालमा राजनीतिक परिवर्तन भएको अन्तरिम संविधान कि्रयाशील रहेको र नयाँ संविधान निर्माण प्रकि्रया चलिरहेकोु वाक्यांश पनि छ । एकातिर २०४७ सालको संविधानलाई आधार मानेर २३ कात्तिकमा संविधान दिवस मनाइने गरिएको र अर्को तिर अन्तरिम संविधानअन्तर्गत देशको कानुन व्यवस्था चलिरहेको परस्परविरोधी सन्दर्भ सो पुस्तकमा समेटिएको छ । सो पुस्तक सन् २००९ मा पुनर्मुद्रण गरिएकोसमेत उल्लेख छ । पोखरेल सो प्रकाशन गृहको प्रमुख सम्पादकसमेत हुन् ।
त्यसैगरी पृष्ठ ४९ ुधर्मु शीर्षकको अर्को पाठ्यक्रममा पनि त्यस्तै विरोधाभाष सन्दर्भ उल्लेख छ । सो शीर्षकको पहिलो अनुच्छेदमा नेपाललाई हिन्दु अधिराज्य भनिएको छ भने लगत्तै ुनेपाल बहुभाषिक र बहुजातीय अधिराज्य होु भन्ने वाक्यांश उल्लेख छ । साथै पाठ्यपुस्तकको धेरै ठाउँमा श्री ५ को सरकार उल्लेख गरिएको छ । साथै नेपाल बहुभाषिक बहुजातीय अधिराज्य भएको पुस्तकमा लेखिएको छ ।
पुस्तकको पृष्ठ ९९ मा नागरिकता प्राप्तीको प्रकि्रयाबारे पनि गम्भीर त्रुटी छ । त्यसका भनिएको छ ुनागरिकता लिँदा गाविसको सिफारिसपछि श्री ५ को सरकारको राजपत्रािकंत अधिकृतबाट सिफारिस लिनुपर्नेछ ।ु जबकी २०६३ को १५ जेठमा बसेको तत्कालीन प्रतिनिधिसभाले ुश्री ५ को सरकारलाई विस्थापन गरी ुनेपाल सरकारु घोषणा गरेको थियो । पुस्तकको पृष्ठ १६७ र १६८ मा पनि श्री ५ को सरकार नै उल्लेख गरिएको छ । पृष्ठ १६७ मा ुश्री ५ को सरकारले धेरै पार्क र वन्यजन्तु आरक्षको विकास गरेकोु उल्लेख छ भने १६८ पृष्ठमा अधिकांश जंगल श्री ५ को सरकारको स्वामित्वमा छु भन्ने वाक्यांश अझै हटाइएको छैन ।
डिल्लीबजारमा कार्यालय रहेको सत्याल पब्लिकेसनको सो पुस्तकमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको १४औं शिखर सम्मेलनसम्बन्धी विवरण मात्र समेटिएको छ । जबकि ३ अगस्ट २००८ मै श्रीलंकामा १५औं शिखर सम्मेलन सम्पन्न भएको थियो ।
सत्याल पब्लिकसेनले विद्यालयस्तरीय सबै कक्षाका ुसोसल स्टडिु विषयक पुस्तक समयानकूल परिमार्जन नगरी यसपटक पनि बजारमा पठाएको पाइएको छ ।
थापाथलीमा रहेको एकता बुक्सले प्रकाशन गरेके ुआवर सोसल स्टडीज्ु मा पनि सोही त्रुटी पाइएको छ । सो प्रकाशन गृहले निकालेको कक्षा ६ को सो पुस्तकमा ुसार्कु विषयक पाठ्यक्रममा नेपालसम्बन्धी कुनै विवरण समावेश गरेको छैन । सार्कका अन्य सदस्य राष्ट्रबारे सामान्य चिनारी मात्र दिइएको छ । ुदोस्रो जनआन्दोलनपछि छिनछिनमा परिवर्तन भइरहेको राजनीतिक परिस्थितिका कारण नेपालको सन्दभए उल्लेख नगरिएको जानकारी एकता बुक्सका तर्फबाट आएको छु राजधानीका गिनेचुनेका उत्कृष्ठ नीजि विद्यालयमध्येको सेन्ट जेभियस्रका एक विषय शिक्षकले राजधानीसँग भने ुतर हामी चाहिँ मौखिक रुपमा भएपनि नेपालको सन्दर्भबारे पढाउँछौं ।ु अर्जुन घिमिरे नारायण उप्रेती र रसवप्रसाद बरालद्वारा लिखित एकता बुक्सको सो पुस्तक सेन्ट जेभियस्रमा पनि अध्यापन गराइन्छ ।
सोही प्रकाशन गृहको एस्सेज् निबन्ध विषयक पुस्तकमा पनि केही त्रुटी फेला परेको छ । सांगपो लामाद्वारा लिखित सो पुस्तकमा ुलुम्बिनी विकास कोषको अध्यक्षमा वर्तमान राजा ज्ञानेन्द्र विर विक्रम शाहदेवु रहेको उल्लेख छ । जबकि २०६४ को असारतिर तत्कालीन मन्त्रिपरिषद्ले कोषको अध्यक्ष राजपरिवारका सदस्य रहने पुरानो कानुनी व्यवस्था परिवर्तन गरी त्यससम्बन्धी विज्ञ रहने प्रणाली स्थापित गरिसकेको थियो ।
प्रकाशक र लेखकको स्वीकारोक्ति
सत्याल पब्लिकेशनबाट प्रकाशित सामाजिक शिक्षाका लेखक खेमलाल पोखरेलले पाठ्यपुस्तक ुरिभाईजु नगरी ुरिपि्रन्टु गरिएकाले त्रुटी भएको स्वीकार गरे । उनले राजधानीसँग भने ुसामाजिक शिक्षा देशको राजनीति अनुसार परिवर्तन हुने विषय भएपनि प्राविधिक कारणबस परिमार्जन गर्न नसकिएको हो ।ु
सो पब्लिकेसनका बिक्री प्रबन्धक दीपक सत्यालले त्यसबारे लेखकसँग बसेर छलफल गर्ने बताएर विस्तृत जानकारी दिन मानेनन् ।
एकता पब्लिकेशनका बिक्री प्रबन्धक श्याम श्रेष्ठले भने विद्यमान लोडसेडिङका कारण पुस्तक ुअपडेटु गर्न नसकिएको बताए । तर सो संस्थाले कक्षा ७ को एस्से विषयक पुस्तक २००२ देखि एकैचोटी २००८ मात्र पुनर्मुद्रण गरेको थियो । २००८ मा पुनर्मुद्रण गरिएको सो पुस्तक अहिले पनि कक्षा ६ र ७ दुवैमा पढाइन्छ । २००२ मा प्रकाशित पुस्तकमा भने ुनेपालका राजालाई धगवान विष्णुको अवतार मानिन्छु नेपाल विश्वको एकमात्र हिन्दू अधिराज्य होु जस्ता वाक्यांश समावेश छन् । सो पुस्तक अघिल्लो वर्ष पनि कक्षा ७ मा पढाइएको थियो । पुस्तकमा उल्लेखित सन्दर्भबारे अभिभावकहरुले आपत्ति जनाएपछि थापागाउँस्थित डेनेव स्कूलले मौखिकरुपमा सच्याएर विद्यार्थीलाई पढाएको थियो ।
शिक्षक र विद्यालयले नयाँ विषयवस्तु समाबेश भएको पाठ्यपुस्तक माग नगरेका कारण पुरानै दिईएको दावी श्रेष्ठले गरे । उनले समय सापेक्ष पाठ्यक्रममा सुधार गर्नुपर्ने भने स्वीकार गरे । उनले राजधानीसँग भने ुत्यसबारे म मेरो माथिल्लो निकायमा खबर गर्छु ।ु
सरकारी निकाय बेखबर
नीजि विद्यालयको पाठ्क्रम निर्धारण गर्ने अनुगमन गर्ने र गुत सन्देश जाने पाठ्यक्रम पढाउने विद्यालयमाथि कारवाही गर्ने सरकारी निकाय भने एक वर्षअघिदेखिको यस्तो लापरवाहीबारे बेखबर रहेको पाइयो । त्यसबारे राजधानी प्रतिनिधिले ध्यानाकर्षण गराउँदा पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक हरिबोल खनालले भने ुकेन्द्रले तोकेभन्दा बाहिरी पाठ्यपुस्तकहरु छपाई गर्ने गरेका कारण त्रुटी भएको हुनसक्छ ।ु
केन्द्रले तोकेभन्दा बाहेकका पाठ्यपुस्तक छपाई गरी बिक्री गर्ने पब्लिकेशन र त्यसलाई लागु गर्ने विद्यालय दुवैलाई शिक्षा नियमावलीअनुसार कारवाही गर्ने वचन त दिए तर हालसम्म कति विद्यालयमाथि कारवाही गरियो भन्ने चाहिँ खुलाएनन् ।
प्रभावकारी रुपमा सरकारी संयन्त्रले अनुगमन नगरेका कारण पुस्तक प्रकाशन गर्ने प्रकाशन गृहहरुले लापरवाही गरेको आरोप उनको थियो ।
नीजी र सरकारी विद्यालयका पाठ्यक्रम अनुगमन गर्ने विद्यालय निरीक्षक पनि तोकिएका छन् । तर उनीहरुको कुनै भूमिका देखिएन । काठमाडौंमा मात्र १४ विद्यालय निरिक्षक र २३ स्रोतव्यक्ति छन् । यो संख्या अन्य जिल्लाको भन्दा करिब दोब्बर हो । त्यस्ता निरिक्षकहरुको जिम्मेवारी सम्बन्धित जिल्ला शिक्षा कार्यालयले तोकेको हुन्छ ।
ुनिजी विद्यालयका पाठ्यक्रम निरिक्षणको अभावमा यस्तो त्रुटी भएको हुनसक्छु काठमाडौका नवनियुक्त जिल्ला शिक्षा अधिकारी ज्ञानी यादवले भने । पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृति लिएर पनि त्रुटी भएको भए तत्काल सच्याउन लगाउने र स्वीकृति नलिई त्यस्ता पाठ्यक्रम लागू गरिएको भए शिक्षा नियमावली अनुसार कारवाही प्रकि्रया अघि बढाउने प्रतिवद्धता यादवले व्यक्त गरे ।
शिक्षा मन्त्रालयका सहप्रबक्ता डा। लेखनाथ पौडेलले अपडेट नगरिएका पुस्तक बजारमा विक्री वितरण गर्ने पब्लिकेशनसँग तुरुन्तै स्पष्टिकरण लिइने बताए । शिक्षा नियमावली र पाठ्यक्रम विकास केन्द्रले तोकेभन्दा बाहिरी पाठ्यक्रम प्रकाशन गर्ने संस्था स्वतः कारवाहीको भागिदार हुने कथन उनको थियो ।
कमिसन प्रमुख कारण
पब्लिकेशनले विद्यालयलाई दिने कमिशनको लोभमा नीजी विद्यालयले पाठ्यपुस्तक लागु गर्ने गरेका कारण लापरवाही हुन गएको दावी शिक्षाविद विद्यानाथ कोईरालाले गरे । नयाँ नेपाल निर्माण गर्ने जिम्मेवारी लिएका विद्यार्थीलाई समय अनुसार पाठ्यक्रम परिमार्जन गरी प्रकाशन गर्नुपर्नेमा पुरानो विषयबस्तुलाई नै राखेर प्रकाशन गर्दा बालबालिकालाई मनोवैज्ञानिक असर पर्ने उनको धारणा छ ।
नीजी विद्यालयको छाता संगठन एनप्याब्सनका अध्यक्ष गीता रानाले पब्लिकेशनले त्रुटीपुर्ण पुस्तक बिक्री वितरण गर्न नहुने र बिक्री भइसकेका फिर्ता गर्नुपर्ने बताईन् । ुत्रुटि भएका पुस्तक बजारमा गएको भए त्यसको जिम्मेवारी पव्लिकेशनले नै लिनुपर्छु उनले भनिन् ।
अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले भने गलत शिक्षा दिने स्कूलहरु र त्यसलाई आँखा चिम्लेर मदत पुर् याउने सरकारी निकायका पदाधिकारीले सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताए । ुकसिमसनको लोभमा विद्यार्थीलाई गलत शिक्षा दिएर उनीहरुले २०६३ सालको लोकतान्त्रिक आन्दोलनको समेत उपेक्षा गरेु भण्डारीले राजधानीसँग भने ुयो अक्षम्य अपराध पनि हो ।ु
पाठ्यक्रम विकास केन्द्रले एक सय तीन प्रकाशन संस्थालाई नीजि स्कूलको पुस्तक प्रकाशन गर्ने स्वीकृति दिएपनि हाल करिब एक दर्जन संस्थाले बजारमा एकाधिकार कायम गरेका छन् । सबैभन्दा बढी पुस्तक खपत हुने संस्थामा दुई वटा विदेशी र अन्य स्वदेशी छन् । नेपालका अधिकांश नीजि विद्यालयले कोसेली प्रकाशन सत्याल पब्लिकेसन एकता बुक्स एन्ड डिस्ट्रिब्यूटस्र एसिया पब्लिकेसन युनाइटेड नेपाल पब्लिकेसनलगायत छन् । त्यसमध्ये नेपाली पुस्तक भने सरकारी स्वामित्वको पाठ्यक्रम विकास केन्द्रले उपलब्ध गराउँछ ।
नेपाली निजी विद्यालयमा भारतको नयाँदिल्लीस्थित सुल्तान चन्द एन्ड सन्स र अक्सफोर्ड युनिभसर्िटीका पुस्तक पनि अध्यापन गराइन्छ ।
१ जेठमा राजधानी राष्ट्रय दैनिकमा प्रकाशित

Wednesday, April 15, 2009

वर्ष ६५ एकपछि अर्को इतिहास



मोहन ढुंगेल

२०६५ साल नेपालको राजनीतिक इतिहासमा नयाँ मोड बनेको छ । यसै सालमा ४७ वर्षदेखि नेपाली जनताले चाहेको संविधान सभाको निर्वाचन मात्र भएन करीब अढाइ सय वर्षदेखि नेपालको राजनीतिमा केन्द्रीय भूमिका निभाइरहेको राजतन्त्रको अन्त्य भयो । नेपालको इतिहासमा पहिलो पटक नेपाल संघीय गणतन्त्रात्मक मुलुकको विजारोपण भएको वर्ष पनि २०६५ नै हो ।
नयाँ वर्ष सुरु हुनु दुई दिनअघि संविधानसभा निर्वाचन सुरु भएपनि यसको परिणाम र त्यसले पारेको ऐतिहासिक प्रभाव २०६५ सालमै देखियो । निर्वाचन आयोगले २६ बैशाख २०६५ मा संविधानसभा निर्वाचनको सबै प्रकि्रया सम्पन्न भएको घोषणा गर् यो । २८ चैत २०६४ मा प्रत्यक्ष र समानुपातिक दुवैतर्फका संविधानसभासद्का लागि वालिग मताधिकारका आधारमा मतदान भएको थियो । त्यसको २८ दिनपछि समानुपातिकतर्फ विजयी भएका २५ दलका तीन सय ३५ सभासद््को अन्तिम नामावलीसमेत आयोगले सार्वजनिक गर् यो ।
संविधानसभामा ३३ दशमलव २२ प्रतिशत महिलाको प्रतिनिधित्व भएको छ । यस्तै मधेशीबाट ३४ दशमलव शून्य नौ प्रतिशत दलितबाट आठ दशमलव १७ जनजातिबाट ३३ दशमलव ३९ पिछडिएको क्षेत्रबाट तीन दशमलव ८३ र अन्य समुहबाट ३३ दशमलव ९१ प्रतिशतको प्रतिनिधित्व छ । जनप्रतिनिधिमूलक केन्द्रीय निकायमा भएको यो सहभागिता पनि ऐतिहासिक हो ।
संविधानसभामा नेपाली भाषामै सपथ गर्नुपर्ने बाध्यकारी व्यवस्था हटाइएका कारण सभासद्हरुले ४० भाषामा एकैपटक सपथ ग्रहण गरेर अर्को इतिहास बनाए ।
१५ जेठ २०६५ भने नेपालको इतिहासमा प्रमुख दिन बन्यो । सो दिनबाट औपचारिक रुपमा नेपाल लोकतान्त्रिक गणराज्य बनेको हो ।
दुई सय ३९ वर्ष लामो नेपालको शाहवंशीय राजतन्त्रात्मक प्रणालीको विधिवत् अन्त्य भयो ।
जेठ २९ २०६५ को दिन पनि अर्को एतिहासिक महत्वको छ । राजतन्त्र हटाइएको धेरै देशको इतिहास रगतले पोतिएको छ । तर नेपाल भने अपवाद बन्यो । बुधबार परेको सो दिन पूर्व राजा ज्ञानेन्द्रले परम्परागत राजदरवार नारायणहिटी छाडेर बाहिरिए । नेपालको इतिहासमै पहिलो पटक नारायाणहिटी राजदरवारमा पत्रकार सम्मेलन नै गरेर १५ जेठमा बसेको संविधानसभाको पहिलो बैठकको निर्देशन स्वीकार्दै उनले राजगद्धी छाडेको घोषणा गरे ।
१ असार २०६५ मा शाहवंशीय राजाहरुको आवास र कार्यालय रहेको नारायणहिटी दरवार एक सय २२ वर्षपछि जनता मातहत आयो । सो दरवार हाल सर्वसाधारण नागरिकको पहुँचमा पुगेको छ ।
नरायणहिटी दरवारमा भण्डोत्तोलन गर्नुअघि प्रधानमन्त्री कोइरालाले दरवारपसिरमै सैनिक सलामी लिएका थिए । नारायणहिटीमा जनताको छोराले सैनिक सलामी ग्रहण गरेको यो इतिहासमै पहिलो हो ।
६ साउन २०६५ पनि नेपालको अर्को ऐतिहासिक दिन हो । कांग्रेस महामन्त्री डा। रामवरण यादव गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिमा निर्वाचित भए । त्यसअघि ४ साउनमा उपराष्ट्रपति निर्वाचित भएर फोरम उम्मेदवार परमानन्द झाले इतिहास रचिसकेका थिए ।
सभाध्यक्ष निर्विरोध
नयाँ गणतान्त्रिक संविधान निर्माणका लागि जनादेश पाएको संविधानसभाको अध्यक्षमा भने सबै दलबीच एकता देखियो । ९ साउन २०६५ मा एमालेका सुवासचन्द्र नेम्वाङ निर्विरोध अध्यक्ष बने ।
३१ साउन २०६५ मा अर्को इतिहास बन्यो । सो दिन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गणतन्त्र नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बने । शसस्त्र संघर्षबाट शान्तिपूर्ण राजनीतिमा आएर निर्वाचनका माध्यमबाट प्रधानमन्त्री बन्ने उनी संसारको पहिलो माओवादी नेतासमेत हुन् भने ।
२ भदौमा प्रधानमन्त्री प्रचण्डले शपथ र पदभार ग्रहण गर्दा दौरा सुरुवाल लगाउने यसअघिको परम्परा तोडदै पार्टीलॆ निर्धारण गरेको कोट पाइण्ट र भादगाउँले टोपी लगाएका थिए । २००७ सालयता मुलुकको प्रधानमन्त्रीले राज्यले तोकेको औपचारिक पोशाकभन्दा भिन्न पहिरनमा शपथ लिएको यो पहिलो घटना हो ।
७ भदौमा प्रधानमन्त्री दाहालले यसअघिको परम्परा तोड्दै भारतको सट्टा पहिले चिनको भ्रमण गरे । चीनबाट फर्केपछि २९ भदौमा मात्र प्रचण्ड नयाँ दिल्ली पुगे ।
२४ कात्तिक २०६५ मा भने संविधानसभा बैठकले नयाँ संविधान निर्माणको ढोका खोलिदियो । सो बैठकले करीब साढे पाँच महिनापछि संविधानसभा नियमावलीको टुंगो लगायो ।
अझै त्रास छ दुखद घटनाको
२०६५ एतिहासिक मात्र रहेन् त्रासद पनि बन्यो । २ भदौ राति पूर्वको सप्तकोशी बाँध फ्ट्दा करोडौं क्षति भयो भने मानवीय क्षति पनि त्यत्तिकै हुन पुग्यो । ५ असोजमा परेको अविरल वर्षाका कारण आएको बाढीले ६४ जनाको मृत्यु भयो । बाढीले हजारभन्दा बढी विस्थापित भए । कैलालीका दुई नगरपालिका र २५ गाविसमा ५० हजारभन्दा बढी वासिन्दा बिचल्लीमा परे भने २५ हजार भन्दा बढी विस्थापित भए ।
२०६५ सालमा तीन ठुला सवारी दूर्घटना भए । ५ जेठमा दाङमा भएको बस दुर्घटनामा ४५ को मृत्यु भयो । कपिलवस्तुको कृष्णनगरबाट प्युठानको लम्कीतर्फ तीर्थयात्रु लिएर जाँदै गरेको सो बस राप्ती नदीमा खसेको थियो ।
त्यसैगरी १६ साउनमा नेपाली तीर्थयात्री बोकेको एक बस भारतको देहरादुनमा दूर्घटनाग्रस्त हुँदा ३३ जनाको मृत्यु भयो । मृतकमध्ये २५ तीर्थयात्री काभ्रे जिल्ला पनौतीका थिए ।
अर्को हृदय छुने सवारी दूर्घटना नवलपरासीमा भयो । २६ मंसिरमा भएको सो सवारी दूर्घटनामा चितवनका १८ बालबालिकासहित २३ जनाको ज्यान गएको थियो ।
बनभोज खाएर रुपन्देहीबाट चितवन फर्कँदै गर्दा सो दूर्घटना भएको थियो । मृतकमा ११ देखि १५ वर्ष उमेर समूहका कलकलाउँदा विद्यार्थी थिए ।
१८ फागुनमा बझाङबाट महेन्द्रनगरतर्फ गइरहेको यात्रुवाहक बस आइतबार बैतडीको सिद्धेश्वरस्थित झौलेकमा दुर्घटनाग्रस्त हुँदा १० यात्रुको मृत्यु भयो ।
२०६५ सालमै दुई पत्रकार जगतप्रसाद जोशी र उमा िसंहको अमानवीय ढंगबाट हत्या गरियो भने आधा दर्जन साचारगृह आक्रमणको तारो बने । जोशी कैलालीका पत्रकार हुन भने िसंह जनकपुरबाट प्रकाशित हुने जनकपुर एफएममा कार्यरत थिइन् ।
कैलालीको मालाखेती गाबिस-३ मालिकाटोल घर भएका जोशी काठमाडौं जाने तयारीमा रहेका बेला २२ असोजमा अत्तरियाबाट बेपत्ता भएका थिए । जोशी र िसंहको हत्याविरुद्ध िसंगो पत्रकार महासंघ आन्दोलनमा होमियो ।
उमाको हत्यामा संलग्न रहेको भन्दै प्रहरीले उनकी भाउजुलाई पक्राउ गरेका छ ।
६ पुसमा माओवादीनिकट अखिल नेपाल छापाखाना तथा मजदुर संगठनले हिमाल मिडिया प्रालिको कार्यालय तोडफोड गरी सम्पादकसहित आधा दर्जन साचारकर्मी र कर्मचारीलाई कुटपीट गरे । आक्रमणबाट १२ पत्रकार घाइते भएका थिए । माओवादी कार्यकर्ताले आप्का हाउस कान्तिपुर तथा एमाले संवद्ध युथ फोस्रले बीरगाजबाट प्रकाशित हुने अंकुश दैनिकमा आक्रमण गरेका थिए । यसै सरकारले रिपोटस्र क्लबका अध्यक्ष ऋषि धमलालाई हातहतियार खरखजाना र अवैध चन्दा असुलीको अभियोग लगाउँदै पक्राउ गर् यो । उनी २८ चैतमा अदालतको आदेशले तत्कालका लागि थुनामुक्त भए ।

ठुला ठुला विवाद
उपराष्ट्रपतिले दौरा सुरुवाल नलगाई शपथ लिएको पशुपतिनाथमा पुजारी नियुक्ति र नेपाली सेनाको भर्ना विवाद २०६५ सालका चर्चित विवादास्पद घटना बने । त्यसैगरी तत्कालीन भूमिसुधारमन्त्री मातृका यादवले स्थानीय विकास अधिकारीलाई शौचालयमा थुनेको र मन्त्रीको झन्डा हल्लाउँदै सिरहामा गएर स्थानीयबासीको जग्गा कब्जा गरेको घटनाले पनि ठुलै स्थान पाए ।
सरकारले १३ पुसमा हिन्दुहरुका आराध्यदेव पशुपतिनाथ मन्दिरमा ुभट्ट परम्पराु तोड्दै ुपुजारी परम्पराु स्थापित गर्ने निर्णय अन्ततः फिर्ता लिनु पर् यो । सरकारले बासुकीनाथको पूजारीमा शालिकराम ढकाल र पशुपतिनाथ मन्दिरको उत्तर मुख ढोकाको पुजारीमा विष्णुप्रसाद दाहाललाई नियुक्त गरेको थियो । दक्षिण भारतीय भट्टलाई विस्थापित गर्न सरकारले सो निर्णय लिएपनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विरोध र सर्वोच्च अदालतले त्यसलाई गलत ठहर गरिदियो ।
त्यसैगरी नेपाली सेनाले गरेको भर्ना छनोटसम्बन्धी विषयलाई लिएर सेना र सरकारबीच द्वन्द्व नै चल्यो । १६ र १७ कात्तिकमा नेपाली सेनाले दुई हजार आठ सय ८४ रिक्त पदपूर्ति प्रकि्रया सुरु गरेको थियो । सोही विवादका कारण आठ सहायक रथिलाई म्याद नथप्ने सरकारको निर्णयलाई चैतको दोस्रो साता सर्वोच्च अदालतले उल्टाइदियो ।
१७ फागुनमा सरकारमा सहभागी पाँचदलका शीर्ष नेताहरु सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले पुरानो निर्णयलाई मान्यता दिँदै नयाँ सैन्य भर्ना रोक्ने निर्णय गर् यो ।
२० फागुनमा न्ोपाली सेनाले गरेको सैन्य भर्ना प्रकि्रया रोक्ने या नरोक्ने विषयमा अन्तरिम आदेश जारी गर्नेबारे सर्वोच्च अदालतका दुई न्यायाधीशबीच राय बाझियो । न्यायाधीश वलराम केसीले सैन्य भर्ना प्रकि्रया सम्पन्न भइसकेकाले प्रकि्रया रोक्न यसअघि अदालतले दिएको अन्तरिम आदेश खारेज हुने फैसला सुनाए भने र अवधेशकुमार यादवले सेनाले गरेको भर्ना प्रकि्रया शान्ति सम्झौताविपरीत रहेको ठहर सुनाउँदै यसअघि सर्वोच्चले नै भर्ना रोक्न दिएको आदेश जारी रहने फैसला सुनाए ।
सोही दिनदेखि माओवादी जनसेनाले समेत नयाँ भर्ना सुरु गर् यो । सो विवाद यति संवेदनशील बन्यो कि २५ फागुनमा अमेरिका बेलायत तथा प्रुान्सका नेपालस्थित राजदूतहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुसँग सामूहिक भेटे ।
त्यसलगत्तै बसेको नेपाली सेना र जनसेनाबीच समायोजन गर्न गठित विशेष समितिले दुवै सेनालाई तत्काल भर्ना प्रकि्रया रोक्न निर्देशन दियो । त्यसको पसर्िपल्ट २७ फागुन जनसेनाले सैन्य भर्ना स्थगित गर् यो ।
नेपाली सेनाका आठ सहायकरथीलाई अवकाश दिने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न ११ चैतमा सर्वोच्च अदालतले आदेश दियो ।सहायकरथीहरुलाई अवकाश दिँदा पदावधि थप नहुने आधार र कारण नखुलाइएको भन्दै सर्वोच्च अदालतका न्यायाधीश कल्याण श्रेष्ठको एकल इजलासले सरकारका नाममा सो अन्तरिम आदेश दिएको थियो ।
सेना-जनसेना विवाद खेल क्षेत्रमा पनि देखियो । राष्ट्रिय खेलकुद प्रतियोगितामा नियमविपरित जनसेनालाई सहभागी गराइएको भन्दै २५ चैतमा नेपाली सेनाको टोलीले ६ खेल बहिस्कार गर् यो ।
उपराष्ट्रपति परमानन्द झाले हिन्दी भाषामा सपथ लिएर संविधानविपरित कार्य गरेको जिकिर गर्दै त्यसलाई बदर गर्नुपर्ने मागसहित १० साउनमा सर्वोच्च अदालतमा रिट पर् यो । सोही प्रकरणमा आन्दोलन चर्कन थालेपछि नेपालको अन्तरिम संविधानविपरीत विदेशी भाषा प्रयोग गरी शपथ लिएको ठहर गर्दै एमालेले झाको राजिनामा माग्यो । मधेशवादी दलले भने त्यसलाई सही ठहर गरे ।
संविधानसभाकै बैठकमा मधेशवादी र गैरमधेशवादीबीच रस्साकस्सी चल्यो । वरिष्ठ माओवादी नेता डा। वावुराम भट्टराईले उपराष्ट्रपति जस्तो पदमा आसिन व्यक्तिले अन्य भाषामा सपथ लिएर राष्ट्रियता खतरामा पार्ने काम गरेको बताए ।
१३ साउनमा सर्वोच्च अदालतले उपराष्ट्रपति झासँग हिन्दी भाषामा सपथ लिनुपर्नाको कारणसहित लिखित जवाफ माग गर् यो । सोही दिन बसेको व्यवस्थापिका संसदको बैठकले सार्वजनिक सुरक्षा र साप्रदायिक सद्भावका लागि प्रभावकारी कदम चाल्न सरकारलाई निर्देशन दिनु पर् यो । त्यसको भोलिपल्ट उपराष्ट्रपति झाले राष्ट्र भाषा नेपालीलगायत सम्पूर्ण राष्ट्रिय भाषाहरुलाई आफूले समान रुपले सम्मान गर्ने वताउँदै विज्ञप्ति जारी गरे ।
सुखद पक्ष पनि छन्
चार वर्षअघि आतंककारी समूहद्वारा इराकमा मारिएका १२ नेपालीका परिवारलाई क्षतिपूर्तिस्वरुप मासिक दुई सय ३३ अमेरिकी डलर आजन्म उपलब्ध गराउन एक अमेरिकी अदालतले ९ जेठमा अमेरिकाको श्रम विभागलाई आदेश दियो । अमेरिकाको प्रशासकीय कानुन अदालतले दिएको आदेशमा बालबच्चा भएका मृतकको परिवारलाई मासिक थप ७५ डलर उपलब्ध गराउन भनिएको छ ।
२० अगस्ट २००४ मा अन्सार अल सुन्ना नामक शसस्त्र इस्लामिक विद्रोही समूहले धनुषाका संजयकुमार थापा ललन िसंह बुधन साह र मनोज ठाकुर उदयपुरका राजेन्द्र श्रेष्ठ ललितपुर लेलेका १९ वर्षीय रमेश खड्कालगायत १२ नेपालीको निर्ममतापूर्वक हत्या गरेको थियो ।
त्यस्तै एक फिलिपिनो महिलाको हत्या गरेको आरोपमा कुवेती जेलमा रहेकी सिन्धुपाल्चोक गुम्बा- ८ घर भएकी २७ वर्षीय डोल्मा शेर्पालाई कुवेती अदालतले ८ पुसमा मृत्युदण्डको सजायबाट मुक्त गर् यो ।
घरेलु कामदारका रुपमा १० नोभेम्बर २००५ मा कुवेत पुगेकी उनी मोहम्मद अब्राहिम मोहम्मद अल्दारीको घरमा घरेलु कामदार थिइन् । उनीमाथि सोही घरमा कार्यरत अर्की एक फिलिपिनो कामदार महिलाको हत्या अभियोग लागेको थियो । गत वर्ष उनलाई सोही अभियोगमा कुवेतको तल्लो अदालतले मृत्युदण्डको फैसला सुनाएको थियो । उनी करिब डेढ वर्षदेखि कुवेतको जेलमा छिन् ।
सरकारको पहलमा केही महिनाअघि मात्र हत्या भएकी फिलिपिनो महिलाको परिवारले शेर्पाको तर्फबाट १० हजार अमेरिकी डलर ुब्लड मनिु लिएर मुद्दा फिर्ता लिन स्वीकार गरेपछि उनी मृत्युदण्डको सजायबाट बच्ने आधार बनेको थियो ।
बेलायतमा आवासीय अधिकार माग गर्दै दायर गरिएको मुद्धामा त्यहाँको उच्च अदालतले १४ असोजमा पूर्वगोरखा सैनिकको पक्षमा फैसला सुनायो । फैसलापछि सबै गोरखाले अब बेलायत आउने निशुल्क स्वास्थ्योपचार गराउने काम गर्ने र बेलायतमा बसोबास गर्दा मात्र पाउने सरकारी आर्थिक सहायतासमेत पाउने छन् ।
करीब दुई हजार पूर्व गोरखा सैनिकले बेलायतको आवासीय भिसाका लागि काठमाडौैँ मकाउ र हङकङबाट गरेको आवेदनलाई बेलायतले अस्वीकार गरेपछि उनीहरुले कानुनी लडाइँ सुरु गरेका थिए ।
२०६५ सालमै पूर्वी तथा मध्य तराईमा सशस्त्र संघर्षरत् मधेशी भाइरस किलस्र तराई संयक्त जनतान्त्रिक पार्टी नेपाल र जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन मुक्ति समूह र सरकारबीच वार्ता भयो । सो वार्ताले तराईमा भइरहेका िहंसात्मक गतिविधिमा केही कमी आएको छ ।
९ जेठ २०६५ मा १८औं पटक विश्वको सर्वोच्च शिखर चुमेर ४८ वर्षिय आप्पा शेर्पाले कीर्तिमान थपे भने १२ जेठमा ७८ वर्षीय वृद्ध मीनबहादुर शेरचनले नयाँ विश्व किर्तिमान बनाए । सो विजयसँगै उनी संसारकै सबैभन्दा वृद्ध सगरमाथा आरोही बने । यसअघि ७१ वर्षीय जापानी आरोही कात्सुके यागीसावाले सो किर्तिमान बनाएका थिए ।
विदेशी चासो
वर्ष २०६५ मा नेपाल विदेशीहरुको चासोको केन्द्र बन्यो । १६ कात्तिकमा संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुन आएर २२ घण्टा नेपालमा रहे ।
११ मंसिरमा आएका भारतीय विदेश मन्त्री प्रणव मुर्खर्जी तीन दिन भेटवार्तामा व्यस्त बने । २ मंसिरमा भारतका पूर्वराष्ट्रपति डा। एपिजे अब्दुल कलाम आए । उनले ुसमाज रुपान्तरणको गति विज्ञानु विषयक प्रवचन दिए । ९ मंसिरमा संयुक्त राष्ट्रसंघ अन्तर्गतको आदिवासी जनजातिको मानवअधिकार तथा मौलिक स्वतन्त्रतासम्बन्धी विशेष प्रतिवेदक एस जेम्स अनाया आइपुगे । त्यस्तै डेनमार्कका विदेशमन्त्री डा। पर स्टीग मोलर पनि नेपाल आएका थिए ।
चिनियाँ विदेशमन्त्री याङ जिची पनि तीन दिने भ्रमणका क्रममा १७ मंसिरमा काठमाडौं आइपुगे । त्यसअघि चीनियाँ जनमुक्ति सेनाका उपप्रमुख लेफ्टिनेन्ट जनरल मा जियासियान आएका थिए ।
राष्ट्रसंघीय महासचिव वान कि मुनका बालबालिका तथा सशस्त्र द्वन्द्वसम्बन्धी विशेष प्रतिनिधि राधिका कुमारास्वामी अघिल्लो दिन नै आइपुगेकी थिइन् ।
२२ माघमा फिनिस वैदेशिक व्यापार तथा विकासमन्त्री डा। पाभो भेरिनेन आए ।
२९ माघमा अर्को शक्तिराष्ट्र अमेरिकाका सहायक विदेश मन्त्री रिचर्ड बाउचरले नेपाल भ्रमण गरे ।
६ फागुनमा दुई दिवसीय नेपाल भ्रमणका क्रममा भारतीय विदेश सचिव शिवशंकर मेनन काठमाडौं आइपुगे ।
१९ फागुनमा श्रीलंकाली राष्ट्रपति महिन्दा राजापाक्षे तीनदिने नेपाल भ्रमणमा आए । तर पाकिस्तानको लाहोरमा श्रीलंकाली राष्ट्रिय कि्रकेट टोलीका खेलाडीहरुमाथि आतंकवादी आक्रमण भएपछि राष्ट्रपति राजपाक्षे भ्रमण अवधि छोट्याएर भोलिपल्टै स्वदेश फर्किए । गणतन्त्र स्थापना भएपछि नेपाल भ्रमणमा आउने राजपाक्षे पहिलो राष्ट्राध्यक्ष हुन् ।
५ चैतमा संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्त नवनिथम पिल्लेको आगमन भयो ।
१८ चैतमा बेलायतका अन्तर्राष्ट्रिय विकास मन्त्री माइक फोस्टर तीन दिने नेपाल भ्रमणका क्रममा मंगलवार काठमाडौं आए ।

काम एक नाम अलग
नयाँ वर्ष संसारभर मनाइन्छ । तर यसका नाम र मिति भने हरेक देशमा अलग अलग छन् । नेपालमा विक्रम संवतको सुरुआतलाई नयाँ वर्षको रुपमा मनाइन्छ भने अधिकांश देशले इस्वी सन्का आधारमा नयाँ वर्ष गणना गर्छन् ।
नेपालमा पनि लोकतन्त्र आएपछि नयाँ वर्ष परिवर्तन गर्ने चर्चा चले पनि त्यसप्रति आममानिसको सहमति बन्न सकेको छैन । वर्तमान माओवादी नेतृत्वको सरकारले इश्वी सन्का आधारमा नयाँ वर्ष सुरुवात गर्ने प्रस्ताव गरेको थियो । संस्कृतिमन्त्री गोपाल किरातीको सो प्रस्तावलाई राज्य संयन्त्र र ज्योतिषविद्हरुले अस्वीकार गरेपछि त्यो चर्चा सेलाउँदै गएको हो ।
मन्त्री किरातीको प्रस्तावलाई देशको आर्थिक नीति निर्माण गर्ने अर्थ मन्त्रालयले नै अस्वीकार गरेको थियो । नेपालमा असारसकिएपछि आर्थिक वर्ष सुरु हुन्छ । इस्वी संवत् कार्यान्यन गर्दा आर्थिक वर्ष प्रभावित हुने तर्क गर्दै अर्थ मन्त्रालयले सो प्रस्ताव अस्वीकार गरेका हो ।
यद्यपि नेपालका विभिन्न जाति तथा समूदायले भने आफ्नै तरिकाले अलग नयाँ वर्ष मनाउँदै आएका छन् । सरकारी क्यालेन्डरमा १ बैशाखलाई नयाँ वर्ष मानिएपनि नेवार समूदायले नेपाल संवत्का आधारमा नयाँ वर्षको गणना गर्छन् भने शेर्पा समूदाय ल्होछारलाई नयाँ वर्षको सुरुवात भन्छन् ।
नयाँ वर्षका उपलक्ष्यमा एकले अर्कालाई शेभकामना दिने भाषा पनि देशअनुसार अलग छ । नेपाली भाषीले ुनव वर्षको शुभकामनाु भनेर नयाँ वर्षको आगमनप्रति हर्ष मनाउँछन् भने अंग्रेजी बोल्ने देशमा ुह्याप्पी न्यू ईयरु भनिन्छ । चिनियाहरुले ुसिन येन हाओु भन्छन् भने ल्याटिन अमेरिकी देशहरुमा ुवी आउस अनुस सिबुसु भनेर नयाँ वर्षको अभिवादन साटासाट गरिन्छ ।
तामील भाषीहरुले चाहिँ ुवधु वर्ष वाफम्ु भन्छन् भने फारसी भाषीले ुसालेनो मुवारक वासदु उच्च्ाारण गर्छन् । त्यसैगरी भारतको गुजरातीहरुले ुनउ वर्ष सफल थाओु भनेर नयाँ वर्षलाई स्वागत गर्छन् । बंगालीहरुले ुसुखी नूतन वन्सरु भन्छन् भने जर्मनहरुले ग्लूक िसंच न्यू जाहर भनेर नयाँ वर्ष आगमनको सूचना दिन्छन् । प्रुेन्चहरुले ुन्यू होरा वाओु अरबीहरुले आल साले नै बोखरेवल मिलन आई दिनु भनेर शुभकामना साट्छन् ।
नेपालमा नेवारी समूदायले ुन्हूगु दँया भिन्तुनाु भन्छन् भने संस्कृत भाषामा यसलाई नूतन वर्षमम् सुखम भवन्ति भनिन्छ ।

तरीका फरक फरक
विभिन्न देशमा आ-आफ्नो संस्कृति र परम्पराअनुसार नयाँ वर्ष मनाउने तरीका पनि फरक फरक छ । ती सबै शैलीमा एउटै विषयमा मात्र समानता पाइन्छ त्यो हो-नयाँ वर्षको आगमन भनेको खुसियाली हो । यस अवसरमा दीर्घ जीवन दीर्घ शान्ति र सुखमय जीवनको कामना गरिन्छ । नयाँ वर्षको उपलक्ष्यमा आफन्तलाई उपहार दिने प्रचलन पनि अधिकांश मुलुकमा छ ।
भारतमै पनि नयाँ वर्ष मनाउने शैलीमा एकरुपता छैन । १ जनवरीलाई भारतीयहरुले नयाँ वर्षको रुपमा मनाएपनि कुमाउ-गढवालमा पहेँलो लुगा लगाएर आफन्तलाई उपहार दिइन्छ । आसाममा भने पशुबलीको प्रचलन छ । नयाँ वर्षका अवसरमा आसाममा धुमधामसँग पुजाआजा गर्ने प्रचलन छ ।
भारतकै पाजाव प्रान्तमा झाँगड नृत्य देखाइएन भने नयाँ वर्ष आएको मानिँदैन । राजस्थानमा मीठा मीठा परिकार बनाएर खाने ख्वाउने गरिन्छ । बिहारमा भने नयाँ वर्षको बाहनामा वर्षमा एक पटक भएपनि महिलाको महत्व स्थापित गरिएको छ । त्यहाँ नयाँ वर्षका दिन महिलाहरु अन्नको माला र बाला हातमा लगाउने परम्परागत चुरा लगाएर सामूहिक गीत गायनमा सहभागी हुन्छन् ।
नयाँ वर्षको दिन अर्थात् १ जनवरीमा भारतक मूम्बई पुग्ने जोकोहीले पनि त्यहाँका हरेक घरको छतमा रंगीबिरंगी ध्वजापताका देख्न सक्छन् । नयाँ वर्ष आएको सूचित गर्न मूम्बईबासीले आफ्नो घरको छत रेशमी ध्वजापताका र रंगीबिरंगी फुलले सजाउँछन् । बंगालमा चाहिँ देवी देवताको पुजाअर्चना र नाचगान गरेर नयाँ वर्ष मनाइन्छ ।
नयाँ वर्षका दिन बेलायतमा सेता परेवा उडाएर विश्व शान्ति र भातृत्वको कामना गरिन्छ भने भ्याटिकन सिटीमा चर्चको हातामा आयोजित विशेष समारोहमार्फत् ठुलो केक काटेर बाँडिन्छ । कोरियालीहरुमा नयाँ वर्षले आयु थप्ने विश्वास छ । नयाँ वर्ष मनाउँदा हरेक कोरियालीको एक वर्ष आयु थपिन्छ भन्ने जनविश्वासका आधारमा त्यहाँ नयाँ वर्ष मनाउन बाँकी कोही रहँदैन ।
१ जनवरीमा नयाँ वर्ष मनाउन कोरिया सरकारले अघिल्लो र पछिल्लो दिन गरी तीन दिन सार्वजनिक बिदासमेत दिन्छ । नयाँ वर्षमा कोरियालीहरुले चामलको रक्सी र तम्बुका नाम गरेको परम्परागत रोटी खाने चलन छ ।
पोचूगलमा नयाँ वर्षको उपलक्ष्यमा साँढे जुधाएर मनोरन्जन गर्ने प्रचलन छ । सो भीडन्तमा जसको साँढेले जित्छ उसलाई पुरस्कृत गरिन्छ । नयाँ वर्षमा साँढे जुधाएर पुरस्कार पाउन पोर्चूगलबासीले एक वर्षअघिदेखि साँढेको पालनपोषणमा विशेष ध्यान दिन्छन् ।
नयाँ वर्ष मनाउने अपि्रुकीहरुको शैली भने अचम्मको छ । त्यहाँ नयाँ वर्षका दिन सामूहिक विवाह गरिन्छ । त्यसदिन बिहे गर्दा दाम्पत्य जीवन सुखमय रहन्छ भन्ने जनविश्वास अपि्रुकीहरुमा छ । इन्डोनेसियामा ुगोलुलमु भनिने नयाँ वर्षमा नयाँ लुगा लगाउने मीठो खाने र एकआपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । म्यान्मारमा भने नयाँ वर्षलाई ुविजानु भनिन्छ । विजानका अवसरमा त्यहाँ बुद्धको विशेष पुजा गरिन्छ । वर्षैदेखि सेनिक तानशाही र राज्यिहंसाबाट आक्रान्त बर्मेलीहरु नयाँ वर्षमा विश्व शान्तिको कामना गर्छन् । थाइलेन्डबासीहरु नयाँ वर्षको दिन बिहानैदेखि घर र टोलको सरसफाइमा जुट्छन् र दिउँसो बुद्धको पुजा गर्छन् । साँझ भने दिपावली गर्ने प्रचलन छ ।
अष्ट्रेलियामा भने सामूहिक भोजको आयोजना गरिन्छ । त्यहाँ दिनभर शुभकामना साटासाट गरेर नयाँ वर्ष मनाइन्छ । जर्मनीमा भने नयाँ वर्षका दिन भविष्य हेरिन्छ । सो परम्परा वर्षौदखि प्रचलनमा रहेको छ । जर्मन नागरिकहरु नयाँ वर्षको दिन बिहान पानीले भरिएको धातुको भाँडामा मुद्रा खसाएर आफ्नो भविष्य हेर्छन् । त्यहाँ पहिले काठको टुक्रामा शुधकामना लेखेर आफन्त तथा साथीभाइलाई बाँडिन्थ्यो भने पछि कागज प्रयोग गर्न थालियो । अहिले भने कार्ड छपाएर शुभकामना साटासाट गरिन्छ ।
मंगोलियामा रातभर जाग्राम गरेर नयाँ वर्षको स्वागत गरिन्छ । भोलिपल्ट मान्यजनबाट आर्शिवाद ग्रहण गरेपछि नयाँ वर्ष सकिन्छ । खाडी राष्ट्र कुवेतमा दीपावली र नाचगान गरिन्छ । जापानीहरु भने त्यसदिन हरियालीको विशेष अभियान नै चलाउँछन् । एक व्यक्ति कम्तीमा एक रुख भन्ने मान्यताअनुरुप जापानीहरु त्यसदिन बिरुवा रोप्छन् । बुद्धको पुजा चंगा उडाउने र फूल सजाउनेमा पनि जापानीहरुबीच तँछाडमछाड चल्छ ।
क्यानडामा रंगिचंगी पहिरन लगाएर नाचगान र दीपावली गरिन्छ । चीनमा भने नयाँ वर्षलाई प्रेम दिवसका रुपमा पनि मनाइन्छ । त्यसदिन चिनिया युवायुवतीहरु सुनौलो रुपमामा शुभकामना लेखेर एकअर्कालाई दिन्छन् र प्रेमको प्रस्तावसमेत राख्छन् । पहिले त्यस्तो शुभकामना तामाको सिक्कामा कुँदिन्थ्यो । इजिप्टमा पनि नयाँ वर्षलाई प्रेमको प्रतीक मानिन्छ । इजिप्ट युवायुवतीहरु त्यसदिन दुई वटा पात गाँसेर त्यसमा शुभकामना लेख्छन् र आपसमा साटासाट गर्छन् । पहिले भने वास्नादार अत्तरको सिसिमा शुभकामना लेख्ने चलन थियो । संयुक्त राज्य अमेरिकामा चाहिँ यसलाई राष्ट्रिय पर्व नै मानिन्छ । त्यसदिन राष्ट्रपतिले नागरिकका नाममा विशेष संबोधन गर्छन् ।
नयाँ वर्ष कसको कहिले
भारत
पन्जाब-१३ वा १४ अपि्रल
आसाम र बंगाल-१४ वा १५ अपि्रल
गुजरात-कात्तिक शुक्ल प्रतिपदा
आन्ध्र प्रदेश र कर्नाटका-चैत्र शुक्ल प्रतिपदा
सिक्किम-१०औं महिनाको १८औं दिन
महाराष्ट्र-१ चैत
तमिलनाडु-१३ र १४ अपि्रल
इन्डो-यूरोपेली भाषी-१ नोभेम्बर
बाही भाषी-२१ मार्च
इजिप्ट-७ जनवरी
स्कटल्यान्ड-११ जनवरी
पूर्वी अर्थोडक्स-१४ जनवरी
तिब्बत-जनवरीको अन्त्य वा फ्ब्रुअरीको पहिलो साता
भियतनाम-१७ जनवरीदेखि १९ फेब्रुअरीको बीचमा
इरान-२१ मार्च
श्रीलंका-१४ अपि्रल
कम्बोडिया र थाइल्यान्ड-१३ देखि १५ अपि्रल
अर्मेनिया-९ जुलाई
मलाया-अगस्टको पूर्णचन्द्रका दिन
अर्थोडक्स कि्रस्चियन-१ सेप्टेम्बर
अपि्रुका-१० सेप्टेम्बर
इथियोपिया-११ सेप्टेम्बर
मोरक्को-३ अक्टोबर

journalistmohan@yahoo.com

Monday, March 30, 2009

बुढाहरुको राज
























मोहन ढुंगेल



कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला ८४ वर्ष नाघे । तर कांग्रेसभित्र कोइरालाजस्ता सर्वसम्मत नेता अहिलेसम्म कोही छैनन् । उनको विकल्प खोज्ने प्रयास भने नभएको होइन । तर ती सबै प्रयास असफल भए । कांग्रेसकै अर्का नेता शेरबहादुर देउवाले कोइरालाको विकल्प खोज्ने क्रममा पार्टी नै फुटाए । तर पनि देउवाको प्रजातान्त्रिक कांग्रेस टिक्न सकेन । अन्ततः मूल कांग्रेसमै फर्कनुपर् यो देउवाले ।
कांग्रेस संसदीय दलको हालै सम्पन्न बैठकमा पनि कोइरालाको विकल्पमा कोही उभिन सकेनन् । त्यसैले अहिले कोइराला नै संसदीय दलका नेता छन् । २० फेब्रुअरी १९२५ मा जन्मिएका कोइराला पटक-पटक प्रधानमन्त्री बनिसकेका छन् ।
एक छोरी दुई नाति-नातिनाका धनी भइसकेका उनी लामो समयदेखि छातीको समस्याबाट पीडित
छन् । तर उनमा राजनीतिक जोश भने युवावस्थाकै जस्तो छ । गत जनवरीमा उनमा छातीको गम्भीर समस्या देखिएपछि उनी केही थलिएका भने थिए । त्यसबेला उनी प्रधानमन्त्रीको कुसर्ीमा थिए । प्रधानमन्त्रीको धपेडीसमेत थपिएपछि चिकित्सकहरुले उनलाई दुई सातासम्म ुबेडरेस्टुमा राखिदिए ।
२०४६ सालको जनआन्दोलन सफल भएपछि कोइराला लगातार सत्ताको उचाइमा उक्लेका हुन् । त्यसबेला उनी कांग्रेसको महामन्त्री थिए । संसदीय लोकतन्त्र पुनर्बहालीपछिका करिब १८ वर्षसम्म लगातार उनी नेपालको राजनीतिमा केन्द्रीय भूमिकामा छन् । उनी लगातार ६ दशक राजनीतिमा सकि्रय छन् ।
सात संसद्वादी दल र तत्कालीन विद्रोही माओवादीबीच ७ मंसिर २०६२ मा भएको १२ बुँदे समझदारीपछि भने उनी नेपाली राजनीतिको केन्द्र नै बनेका थिए । कोइराला ३१ साउन २०६५ देखि मात्र सो जिम्मेवारीबाट मुक्त भएका छन् ।
जनआन्दोलन-२०४६ पछिका अधिकांश सरकार कोइरालाकै नेतृत्वमा चले । पटक-पटक बनेका बहुमतीय संयुक्त र सहमतीय स्वरुपका सरकारको नेतृत्व गर्दै उनी करिब आठ वर्ष सत्तामा रहे । कोइराला पहिलोपटक २०४८ मा कांग्रेसको बहुमत सरकारको प्रधानमन्त्री बनेका थिए । त्यसपछि २०५५ वैशाखमा माले र मंसिरमा एमालेसँग मिलेर बनेको संयुक्त सरकार तथा २०५६ चैतमा कांग्रेसको बहुमत सरकारको नेतृत्व पनि उनैले गरे । २०६३ वैशाखमा गठित सातदलीय संयुक्त सरकार र त्यसपछि सोही साल माघदेखि माओवादीसहितको सहमतीय सरकारको नेतृत्व पनि कोइरालाले नै सम्हाले ।
राजा ज्ञानेन्द्रले १९ माघ २०६१ मा देशको प्रत्यक्ष शासन आफ्नो हातमा लिएपछि त्यसविरुद्धको आन्दोलनबाट कोइरालाको सर्वस्वीकार्य राजनीतिक छवि बनेको हो । कोइरालाकै सकि्रयतामा सातदल र माओवादीबीच १२ बुँदे समझादारी भएको थियो । जसले नेपाललाई गणतन्त्रात्मक राज्यमा रुपान्तरण गरेको हो ।
१२ बुँदे समझदारीकै प्रतिफल चैत २२ २०६२ बाट सुरु भएको माओवादीसहितको आठदलीय संयुक्त आन्दोलनपछि १५ वैशाखमा सातदलको सर्वसम्मतिमा प्रधानमन्त्री बनेका कोइराला करिब २७ महिना सत्तामा बसे । कोइरालाकै नेतृत्वको सरकारले माओवादीसँग युद्धविराममात्र गरेन त्यसलाई चिरकालसम्म कायम गर्न आचारसंहिता तयार पार् यो विस्तृत शान्ति सम्झौता गर् यो । हतियार तथा लडाकू व्यवस्थापन सम्झौता भयो । अन्तरिम संविधान बनायो र अन्तरिम व्यवस्थापिका गठन गर् यो । अन्तरिम व्यवस्थापिका संसद्ले पुनः कोइरालालाई नै प्रधानमन्त्री चयन गर् यो भने सोही सालको १८ चैतमा माओवादीसहितको आठदलको सरकार गठन भएको थियो । २८ चैत २०६४ मा संविधानसभाको निर्वाचन सम्पन्न भयो ।
निर्वाचन परिणामअनुसार कोइराला नेतृत्वको दल कांग्रेसले समानुपातिक र प्रत्यक्ष प्रणालीमा गरी संविधानसभामा एक सय १० सिटमा चित्त बुझाउनुपर् यो भने माओवादीले दुवै तर्फगरी दुई सय २० सिट ल्याएर सबैभन्दा ठूलो दलको हैसियत पायो । कोइरालाको नेतृत्वमा रहेको सरकारकै पालामा १५ जेठ २०६५ मा संविधानसभाले नेपाललाई लोकतान्त्रिक संघीय गणतन्त्रात्मक राज्य घोषणा गर्दै राजा ज्ञानेन्द्रलाई नारायणहिटी छाडेर सामान्य नागरिक बन्न बाध्य गरायो । बुढुैली उमेरका बाबजुद कोइराला विश्वका सकि्रय दस राजनेतामा गनिन्छन् ।
त्यसो त सत्तामै नभए पनि नेपाली राजनीतिमा सूर्यबहादुर थापाको भूमिका महŒवपूर्ण छ । पाचायतकालदेखि प्रजातन्त्रोत्तर कालसम्म सत्तामा छाएका थापा ८२ वर्षमा हिँड्दै छन् । २१ मार्च १९२८ मा जन्मेका उनी पाँचपटकसम्म प्रधानमन्त्री बनिसकेका छन् । बुढुैली उमेरमा उनी राष्ट्रिय जनशक्ति पार्टी खोलेर बसेका छन् । उनी पनि मुटुसम्बन्धी समस्याबाट पीडित छन् ।
कांग्रेसभित्र पनि ७३ वर्षीय नेता कुलबहादुर गुरुङले ऐतिहासिक संविधानसभाको अध्यक्षता गर्न पाए । ज्येष्ठ सभासद्को हैसियतले उनले नै सभासद्हरुलाई शपथ खुवाए । ९ साउनमा सुवास नेम्वाङ अध्यक्ष निर्वाचित भएपछि मात्र उनले बिदा पाएका हुन् । त्यस्तै एमाले पूर्वअध्यक्ष साहना प्रधान पनि अझै राजनीतिमा सकि्रय नै छन् । यद्यपि पार्टीमा उनको भूमिका भने खास छैन ।
बदलिँदो राजनीतिमा हैसियत गुमाए पनि दुई बूढा नेता तुलसी गिरी र कीर्तिनिधि बिष्टको चर्चा सेलाएको छैन । गिरी थापाभन्दा दुई वर्ष जेठा र बिष्ट एक वर्ष जेठा हुन् । गिरीले शाहीकालमा उपाध्यक्षसहित चारपटक सत्ताको शीर्ष नेतृत्व गरिसकेका छन् भने बिष्ट पनि एकपटक उपाध्यक्ष र तीनपटक मन्त्रिपि®षद्को अध्यक्ष प्रधानमन्त्री बनिसकेका छन् । सत्ताको शीर्ष पद सम्हाल्ने नेपाली बूढा नेताको सूचीमा स्व।मनमोहन अधिकारीको नाम पनि छ । उनी नेपालको पहिलो निर्वाचित कम्युनिस्ट प्रधानमन्त्रीसमेत हुन् । जुन १९२० मा जन्मेका अधिकारीको निधन अपि्रल १९९९ मा भएको हो ।
विश्व परिवेश
८५ वर्षका रोबर्ट मुगाबे हाल जिम्बाबेका राष्ट्रपति छन् । जिम्बाबेको औसत आयु ६० वर्ष छ । २१ फेब्रुअरी १९२४ जन्मेका मुगावे १९८७ देखि निरन्तर २८ वर्ष शक्तिमा छन् । उनी १९८० देखि ८७ सम्म जिम्बाबेका प्रधानमन्त्री रहिसकेका छन् । उनी दुई छोरा एक छोरीका पिता हुन् । जिम्बाबे भने असफल एक सय ७७ राष्ट्रको ुकि्रटिकलु सूचीमा छ । उनकी पत्नीका अनुसार मुगाबे हरेक बिहान ४ बजे उठ्छन् व्यायाम गर्छन् ।
२००५ मा एकपटक उनलाई हृदयाघात भए पनि उनका प्रवक्ताका अनुसार हाल उनी नवयुवक जस्तो स्वस्थ छन् । सन् २००० मा उनी मलेसियामा लडेपछि उनको आँखाको माथिल्लो भागमा चोट लागेको थियो । जिम्बाबेमा यही मार्च २९ मा राष्ट्रपतीय निर्वाचन हुँदै छ । मुगाबेलाई पूर्वअर्थमन्त्री सिम्बा माकोनी र विपक्षी नेता मोर्गान स्भाङ्गिराइले चुनौती दिने निर्णय गरिसकेका छन् ।
अगस्ट १९२४ मा जन्मेका साउदी राजा अब्दुल्लाह २००५ देखि सो पदमा छन् । उनले राजाका रुपमा सत्ता चलाएको १२ वर्ष भयो । ३० भन्दा बढी पत्नीका धनी अब्दुल्लाहका २० छोरी र १५ छोरा छन् । नातिनातिना कति छन् भन्ने खुलेको छैन । उनी मुटुको समस्याबाट पीडित छन् ।
अर्का बूढा ुबाघु होस्नी मुबारक १९८१ देखि इजिप्टको राष्ट्रपति छन् । ४ मे १९२८ मा जन्मेका उनी ८० वर्षका भए । अक्टोबर १९८१ मा तत्कालीन राष्ट्रपति अनवर सादातको हत्यापछि उनी लगातार २६ वर्ष सत्तामा छन् । तर उनको कार्यकालमा इजिप्ट असफल राष्ट्रको ुखतराु सूचीमा छ । गत सेप्टेम्बरमा उनको स्वास्थ्यस्थिति गम्भीर रहेको समाचारपत्रहरुले लेखेको थिए । तर मुबारककी पत्नीले तत्कालै दुबईको एक टेलिभिजनलाई अन्तवार्ता दिँदै आफ्ना पतिको स्वास्थ्यस्थिति ठीक रहेको प्रतिकि्रया दिएकी थिइन् ।
कुबेतका अमिर सबाह अल अहमद अल जबेर अल शाह पनि बूढा शासकमा पर्छन् । ६ जुन १९२९ मा जन्मेका राजा हाल ७९ वर्षका भए । उनले २००६ देखि राजगद्दी सम्हालेका हुन् । यद्यपि सत्ताको अनुभव भने पाँच वर्षअघिकै हो । तत्कालीन प्रधानमन्त्री सेख सादको स्वास्थ्यस्थिति बिग्रेपछि २००३ मा उनी प्रधानमन्त्री बनेका थिए । जनवरी २००६ मा तत्कालीन अमिर सेख जबरको स्वास्थ्यस्थिति नाजुक भएपछि उनी अमिर घोषित भएका हुन् ।
उनका कति सन्तान छन् भन्ने कसैलाई थाहा छैन । एकपटक एउटी छोरीको मृत्यु भएको समाचार सार्वजनिक भएको थियो । कुबेतको राजपरिवारका सदस्यहरुको स्वास्थ्यस्थितिबारे कमैमात्र जानकारी बाहिर आउँछ । समाचारअनुसार उनलाई मुटुसम्बन्धी रोग छ । उनमा ुपेसमेकरु प्रत्यारोपण गरिएको छ । हाल कुबेत पनि असफल राष्ट्रको ुबोर्डर लाइनु मा छ ।
दाइ फिडेल ब्यास्ट्रोका कारण ओझेलमा रहेका राउल क्यास्ट्रो क्युबाको राष्ट्रपति बनेपछि संसारसामु देखिए । ३ जुलाई १९३१ मा जन्मेका राउल गत वर्षको फेब्रुअरीबाट सत्तामा आएका हुन् । तर कामु राष्ट्रपति भने जुलाई २००६ देखि नै थिए । क्युबाका तत्काली राष्ट्रपति फिडेललाई स्वास्थ्यले साथ नदिएपछि राउललाई सो जिम्मेवारी आइपरेको हो । राउल तीन छोरी र एक छोराका पिता हुन् । उनका आठ नातिनातिना पनि छन् । राउल अत्यधिक मदिरापान गर्ने नेतामध्ये पर्छन् । मियामी विश्वविद्यालयका अनुसन्धानकर्ता बि्रयन लेटेलका अनुसार उनले युवावस्थादेखि नै पिउन थालेका हुन् । क्युबा पनि विश्वका असफल राष्ट्रको ुबोर्डरलाइनु मा छ ।
सेनेगलका राष्ट्रपति अब्दुल्लाह वेद अर्का बूढा बाघ हुन् । २००० देखि उनले सेनेगलको राष्ट्रपति पद सम्हालेका हुन् । २९ मे १९२६ मा जन्मेका वेद आठ वर्षयता लगातार सत्तामा छन् । तथापि सेनेगललाई उनले असफल राष्ट्रको बोर्डरलाइनबाट पार लाउन सकेका छैनन् । एक छोरा र एक छोरीका पिता वेदका तीन नातिनातिना पनि छन् । आफ्नो उपनाम ुगर्गीु अर्थात् बूढो मान्छे राखे पनि उनमा कुनै स्वास्थ्य समस्या छैन ।
केन्याका राष्ट्रपति मवी किवाकीको २००२ डिसेम्बरमा सवारी दुर्घटनामा परी उनको एउटा खुट्टा पनि भाँच्चियो । २००३ को जनवरीमा उच्चरक्तचापका कारण उनलाई अस्पताल भर्ना गरियो । तर उनमा राजनीतिको सोख अझै गएको छैन । १५ नोभेम्बर १९३१ मा जन्मेका उनी डिसेम्बर २००२ देखि लगातार सत्तामा छन् । केन्या हाल असफल राष्ट्रको ुखतराु सूचीमा छ । आधिकारिक पत्नीका तर्फबाट तीन छोरा एक छोरीका पिता उनका ६ नातिनातिना छन् । तर अर्की अवैध पत्नीबाट कति सन्तान छन् भन्ने खुलेको छैन । किवाकी परिवारले साचारमाध्यमहरुलाई त्यसबारे उल्लेख नगर्न भन्दै आएको छ ।
भारतका प्रधानमन्त्री मनमोहन िसंह पनि बूढाकै सूचीमा पर्छन् । उनको जन्म २६ सेप्टेम्बर १९३२ मा भएको हो । संसदीय निर्वाचनपछि मे २००४ मा उनी प्रधानमन्त्री नियुक्त भएका हुन् । त्यसअघि उनी अर्थमन्त्री थिए । िसंहका तीन छोरी र तीन नाति छन् । उनी २००४ सेप्टेम्बरदेखि नै मुटुको समस्याबाट पीडित छन् ।
बर्माका सैनिक शासक थान स्वे ७६ वर्ष पुगे । २ फेब्रुअरी १९३३ मा जन्मेका उनी हाल बर्माको शान्ति तथा विकास परिषद्को अध्यक्ष छन् । अपि्रल १९९२ मा सैनिक शासन लागू भएयता उनी लगातार १६ वर्ष सत्तामा छन् । बर्मा असफल राष्ट्रको ुखतराु सूचीमा छ । तीन छोरी एक छोराका पिता स्वेका तीन नातिनातिना पनि छन् ।
स्वे डायबिटिज र हाइपरटेन्सनका रोगी हुन् । उनमा मुटुको समस्या पनि छ । जनवरी २००७ मा उनी दुई सातासम्म िसंगापुरको अस्पतालमा उपचारार्थ भर्ना भएका थिए । उनलाई क्यान्सर भएको आशंका गरिएको छ । तर त्सबारे यथार्थ जानकारी बाहिर ल्याइएको छैन । सोही कारण पहिलोपटक उनले स्वतन्त्रता दिवसका अवसरमा आयोजित समारोहमा भाग
लिन पाएनन् ।
बूढा शासकको सूचीमा फिजीका राष्ट्रपति जोसेफ इलोइलो पनि छन् । ८८ वर्षीय उनी २००७ बाट सो पदको जिम्मेवारी लिएका हुन् । त्यस्तै सेन्ट किट्स एन्ड नेभीका गर्भनर जनरल कुथवर्ड सेबास्टियन ८७ वर्ष पुगे । २२ अक्टोबर १९२१ मा जन्मेका उनी १९९६ देखि सो पदमा छन् । इजरायलका राष्ट्रपति सिमोन पेरेज पनि बूढा भए । २ अगस्ट १९२३ मा जन्मेका उनी हाल ८५ का भए ।
१९९९ देखि िसंगापुरको राष्ट्रपति बनेका सेल्लापन रमन्थान ८४ वर्षका छन् भने मरिससका राष्ट्रपति अनिरुद्ध जगन्नाथ ७८ वर्षका । जगन्नाथ २००३ मा राष्ट्रपति बनेका हुन् । बंगलादेशका राष्ट्रपति जिलुर रहमान ७९ वर्षका भए । २००९ देखि उनी सो पदमा छन् । त्यसैगरी गि्रसका राष्ट्रपति कार्लोस पपुलियस २००६ देखि सो पदमा छन् । उनको जन्म जुन ४ १९२९ मा भएको हो ।
डिसेम्बर १९२४ मा जन्मेका गिर्मा वल्ड गिर्गिस इथियोपियाका राष्ट्रपति हुन् उनी २००१ देखि सो पदमा छन् भने ८३ वर्षीय जर्जियो नेपोलीटानो २००६ देखि इटालीका राष्ट्रपति छन् ।



बेलायतकी महारानी एलिजावेथ द्वितीय पनि बुढुैलीका शासन चलाउने मध्येकी हुन् । ८२ वर्षीया उनी १९५२ देखि महारानी छिन् । उनको जन्म २१ अपि्रल १९२६ मा भएको हो । ८२ वर्षका क्लिफोर्ड हस्बेन्ड हाल बारबाडोज गभर्नर जनरल छन् । उनी १९९६ देखि सो पदमा छन् । लिथ्वानियाका राष्ट्रपति वाल्डास एडम्कुस पनि २००४ देखि सत्तामै छन् । ३ नोबेम्बर १९२६ मा जन्मेका उनी हाल ८२ वर्षका भए । १६ अपि्रल १९२७ मा जन्मेका भ्याटिकन सिटीका पोप बेनेडिक्ट सोह्रौंको महŒव अझै छ । ८१ वर्षीय उनी २००५ देखि पोप भएका हुन् ।
थाइल्यान्डका लोकपि्रय नेता मानिने भुमिबोल अदुल्यादेज ८१ वर्षका छन् । १९४६ देखि नरेश बनेका उनी ५ डिसेम्बर १९२७ मा जन्मेका हुन् । महाशक्तिशाली अमेरिकासँग टक्कर लिइरहेको उत्तर कोरियाका उपप्रमुख किम योङ नाम पनि ८१ वर्षका छन् । त्यस्तै बाहमासका गभर्नर जनरल आर्थर दियोन हाना पनि ८० वर्षका भए । सन् २००६ देखि उनी सो पदमा छन् ।
पद नभए पनि सकि्रय
सुरिनामका पूर्वराष्ट्रपति जोन फेरियरको कार्यकाल १९८० मै सकियो तर उनी अहिले पनि राजनीतिमा सकि्रय छन् । उनी १९१० मा जन्मेका हुन् । १९११ मा जन्मेका पिएरर हर्मेल बेल्जियमका प्रधानमन्त्री रहिसकेका छन् । १९६५ देखि ६६ सम्म उनी सो पदमा थिए । उनको सकि्रयता अझै सकिएको छैन । १९६३ देखि ६६ सम्म सिरियाको राष्ट्रपति बनेका अमिन अल हफिज हाल ९७ वर्षका छन् भने १९१३ सालमा जन्मेका सेन्सु ताबोनेले माल्टाको राष्ट्रपति छाडेपनि उनको भूमिका त्यहाँ महŒवपूर्ण मानिन्छ । उनले १९८९ देखि १९९४ सम्म राष्ट्रपतिको भूमिका निभाएका थिए ।
घेओर्घ एपोस्टल अहिले ९५ वर्षका भए । उनी अझै रोमानियन वर्कस्र पार्टीमा प्रभावशाली मानिन्छन् । यद्यपि उनी १९५४ देखि १९५५ सम्म मात्र सो पदमा थिए । १९८७ देखि १९९२ सम्म भियतनामका राष्ट्रपति बनेका वो चि कोङको जन्म १९१३ मा भएको हो भने नेदरल्यान्डका प्रधानमन्त्री पेट डे जोङ सय वर्ष पुग्न ६ वर्षमात्र बाँकी छँदा पनि राजनीतिमा उत्तिकै सकि्रय छन् ।
१९५८ देखि ६२ सम्म कोस्टारिकाको राष्ट्रपति रहिसकेका मारिया इचान्डी जिमेनेज ९३ वर्षमा पनि युवकजस्ता छन् रे † १९८३ देखि ८४ १९८६ देखि १९९२ सम्म दुई कार्यकाल इजरायलका प्रधानमन्त्री रहिसकेका इत्ज्याक समिर पनि ९३ वर्षकै भए । ९३ वर्षकै होवार्ड कुकले जमैकाका गभर्नर जनरल थिए । १९९१ देखि २००६ सम्म उनी सो पदमा रहे ।
त्यसो त मलावीका पूर्वराष्ट्रपति हेस्टिन बान्डाले ९६ वर्षको उमेरमा पनि सत्ता चलाएका थिए । उनी सन् १९९४ को निर्वाचनमा पराजित भएपछि सकि्रय राजनीतिबाट बाहिरिए । निर्वाचनमा पराजित भएपछि डोमिनिकन रिपब्लिकका राष्ट्रपति जाओक्विन बल्गरले पनि सकि्रय राजनीति छाडे । सन् १९९६ मा भएको निर्वाचनमा उम्मेदवार हुँदा उनी ९० वर्षका थिए । ९० वर्षमै सकि्रय राजनीतिक जीवन छाड्नेमा आयरल्यान्डका राष्ट्रपति इमोन डे भेलरा र जमैकाका गभर्नर जनरल होवार्ड कुक पनि हुन् । भेलराको सन् १९७३ मा र कुकको २००६ मा पदावधि सकिएको हो ।
इटालीका राष्ट्रपति सेन्ड्रो पर्टिनी र टोंगाका राजा ताउफा हउ तुपऊ चौथोले ८८ वर्ष उमेरसम्म सत्ता चलाए । पर्टिनीले १९८५ मा राजीनामा दिएर पदबाट मुक्त भए भने राजा तुपउको २००६ मा मृत्यु भयो । कोलम्बियाका राष्ट्रपति मेनुएल एन्टोनियो सान्च्लेमेन्टले पनि ८६ वर्ष पार भएपछि सन् १९०० मा पदबाट राजीनामा दिएका थिए ।
टपटेन बुढा
बुढुैली उमेरसम्म पनि सत्ता चलाएर विश्वमा प्रसिद्धी पाएका टपटेन व्यक्तित्व पनि छन् । तर उनीहरु अहिले यो संसारमा छैनन् । केवल उनीहरुले नाम छाडेर गएका छन् । विक्कीपेडियामा अंकित त्यस्ता व्यक्तित्वमध्ये पहिलो नम्बरमा छन् टर्कीका पूर्वराष्ट्रपति केलाल बायर । १८८३ मा जन्मिएका बायरको निधन १९८६ मा भएको थियो । सन् १९३७ देखि ३९ सम्म टर्कीको प्रधानमन्त्री र त्यसपछि १९५० देखि ६० सम्म उनी राष्ट्रपति बनेका थिए । उनी एक सय तीन वर्ष ९८ दिनसम्म बाँचेका थिए ।
सन् १९५२ देखि एक वर्ष प्रुान्सको प्रधानमन्त्री चलाएका एन्टोनी पिने पनि एक सय दुई वर्ष तीन सय ४८ दिनसम्म बाँचे । सन् १९४५ मा जापानको प्रधानमन्त्री बनेका राजकुमार हिगासिकोनी नरुहिको एक सय दुई वर्ष ४८ दिनसम्म जीवित थिए । उनी सन् १८८७ मा जन्मेका थिए । चार पटकसम्म सिरियाको प्रधानमन्त्री चलाएका हसन अल हाकिमले एक सय दुई वर्षको उमेरमा मात्र संसार छाडे । उनलाई विक्कीपेडियाले बढी समयसम्म बाँच्ने विशिष्ट व्यक्तिको चौथो सूचीमा रोखेको छ ।
त्यस्तै पाँचौं सूचीमा नेदरल्यान्डका प्रधानमन्त्री विलियम ड्रेस छन् । सन् १८८६ मा जन्मेका ड्रेसले १९४८ देखि १० वर्ष प्रधानमन्त्रीका रुपमा शासन चलाएका थिए । एक सय एक वर्ष तीन सय १४ दिनमा उनको मृत्यु भयो । गि्रसका पूर्वप्रधानमन्त्री सेनोफोन जोलोटासले एक सय वर्ष ७७ दिनसम्म संसार देखे । सोही देशका राष्ट्रपति मिचाइल स्टेसिनोपउलसको निधन ९९ सय वर्ष ९६ दिनमा भयो । १९०३ मा जन्मेका उनी सन् १९७४ देखि ७५ सम्म राष्ट्रपति थिए ।
सन् १९६४ देखि दुई वर्ष मलावीका प्रधानमन्त्री तथा त्यसलगत्तै राष्ट्रपति बनेर १९९४ सम्म सत्ता चलाएका हेस्टिङ बान्डा ९९ वर्ष दुई सय ७० दिनसम्म जीवित थिए । छिमेकी भारतका प्रधानमन्त्री गुल्जारीलाल नन्दा पनि ९९ वर्ष एक सय ९५ दिनसम्म बाँचेका थिए । १८९८ मा जन्मेका नन्दा सन् १९६४ र ६६ मा दुईपटकसम्म भारतको प्रधानमन्त्री भएका थिए । सन् १९७१ देखि ७४ सम्म माल्टाको गर्भनर जनरल र ७४ देखि ७६ सम्म राष्ट्रपति बनेका एन्थोनी मामोले ९९ वर्ष एक सय १३ दिनसम्म संसार देखे ।



राजधानी दैनिकमा प्रकाशित

दौरा-सुरुवाल जोगाउन शिखरतिर




मोहन ढुंगेल

पोहोर साल रहरै-रहरमा लाक्पाले दौरा-सुरुवाल लगाएर सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुमे । उनको सो सफलताले उनलाई लोकतान्त्रिक गणतान्त्रिक नेपालमा राष्ट्रिय पोसाक लगाएर सगरमाथाको सफल आराहण गर्ने पहिलो नागरिकको उपाधि पनि दिलायो । तर यसपटक भने उनले दौरा-सुरुवाल जोगाउन विशेष अभियान नै थालेका छन् ।
४१ वर्षीय लाक्पा रंडु शेर्पाको सो अभियान बिहीबारबाटै सुरु भएको छ । बिहीबार नै दौरा-सुरुवालमा ठाँटिएर उनी जन्मघर सोलु हानिए । यसपटक भने एकै सिजनमा दौरा-सुरुवालमा दुईपटक सगरमाथाको शिखर आरोहण गरेर नयाँ कीर्तिमान बनाउने उनको लक्ष्य छ । दुई छोरा र एक छोरीका पिता लाक्पाले राजधानीसँग भने ुनेपाली राष्ट्रिय पोसाक लोप हुन लाग्यो त्यसैले दौरा-सुरुवाल जोगाउने अभियान मनमा आयो ।ु
सोलुखुम्बुको सोताङ-६ तालाखर्कामा जन्मिएका लाक्पालाई उपराष्ट्रपति परमानन्द झाले शपथ लिँदा दौरा-सुरुवाल नलगाएकोमा त्यति नै बेला दिक्क लागेको थियो । उनले त्यसबेला उपराष्ट्रपतिविरुद्धको अभियानलाई आफ्नो तहबाट साथ पनि दिए । त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले दौरा-सुरुवाल नलगाई शपथ लिए । उनको असन्तोष झनै चुलियो ।
ुहुँदा-हुँदा दौरा-सुरुवाललाई राष्ट्रिय पहिचान बनाउने कार्यमा सहयोगी बन्दै आएको नेपालको राजघरानाले समेत त्यो पहिरन त्यागेको देखियोु केही साताअघि भारतको निजी भ्रमणमा गएका पूर्वराजा ज्ञानेन्द्रप्रति लक्षित उनको टिप्पणी थियो । पूर्वराजा टाइसुटमा ठाँटिएर भारततर्फ गएको तस्बिर पत्रपत्रिकामा छापिएको देखेपछि लाक्पाको मन झनै कुँडिएर आयो रे †
ुअब चाहिँ राष्ट्रिय पोसाक जोगाउने काम हाम्रै पो हो कि जस्तो भयोु सगरमाथा जाने अघिल्लो दिन बुधबार उनले भने ुत्यसैले त्यही दिनदेखि मैले अठोट गरेँ सगरमाथालाई जितेँ भने दौरा-सुरुवालमै फर्कन्छु हारेँ भनेँ दौरा-सुरुवालमै निदाउँछु ।ु
आफ्नो अभियान साचालन गर्नका लागि उनले करिब चार हजार रुपैयाँ तिरेर सेतो रंगको दौरा-सुरुवाल र कालो इस्टकोटसमेत सिलाइसकेका छन् । नेपालको राष्ट्रिय पोसाक दौरा-सुरुवाल र भादगाउँले टोपी लगाएर यसपटक अधिकतम २४ घन्टा ४५ मिनेटमा चुचुरोमा पुग्ने उनको लक्ष्य छ । ुसाथमा राष्ट्रिय झन्डा त छँदै छु उनले भने । राष्ट्रिय झन्डा पनि साथै लैजानुपर्ने कारण खोल्दै उनले थपे ुसुन्दै छु झन्डा फेर्ने तयारी पनि कताकति हुँदै छ रे † चन्द्र सूर्य अंकित अहिलेको जस्तो राम्रो झन्डा अरु हुनै सक्दैन ।ु
दौरा-सुरुवाल र नेपाली टोपी लगाएर तीनपटक सगरमाथाको सफल आरोहण गरेर स्पिड काजीको कीर्तिमानसमेत भंग हुने दाबी उनको छ । स्पिड काजीले एकपटक मात्र दौरा-सुरुवाल लगाएर सगरमाथा आरोहण गरेका थिए ।
पहिलोपटक विदेशी आरोहीलाई चुचुरोमा पुर् याएर फर्काइसकेपछि उनले दोस्रो आरोहण गर्नेछन् । २४ घन्टा ४५ मिनेटको दोस्रो आरोहणलाई उनले दुई भागमा बाँडेका छन् । पहिलो भागअन्तर्गत आधार शिविरबाट चुचुरोसम्म पुग्न लाक्पाले १७ घन्टा छुट्टुएका छन् भने त्यहाँबाट पुनः आधार शिविर आइपुग्न सात घन्टा १५ मिनेट लगाउने लक्ष्य राखेका छन् । यो समयभित्र शिखरमा ३० मिनेट बिताउने योजना पनि उनको छ ।

Friday, January 30, 2009

बेवास्तामा बेपत्ता


मोहन ढुंगेल




त्यतिबेला शसस्त्र संघर्षरत माओवादी अहिले सरकारमा पुगेको छ । सरकारको नेतृत्व गरेका कारण एककिसिमले भन्दा सम्पूर्ण राज्य संयन्त्र माओवादीको नियन्त्रणमा छ । माओवादी शान्ति प्रकि्रयामा आएको यतिका वर्ष बितिसक्दासमेत राज्य र तत्कालीन युद्धरत माओवादी पक्षबाट बेपत्ता पारिएकाहरुको अवस्था अझै अज्ञात नै छ ।
यसबारे न राज्य संवेदनशील बन्न सकेको छ नत माओवादी नेतृत्व नै । एक दशक भन्दा बढी भएको सशस्त्र द्वन्द्वको क्रममा सुरक्षाकर्मीद्वारा व्यक्तिहरुलाई पक्राउ गरी बलपूर्वक बेपता पार्ने तथा सशस्त्र द्वन्द्वको अर्को पक्ष माओवादीद्वारा व्यक्तिहरुलाई बलपूर्वक कब्जामा लिई अवस्था अज्ञात बनाउने कार्यहरु भए जसबाट ठूलो संख्यामा व्यक्तिहरु पीडित हुन पुगेका छन् । बेपत्ताको अनुगमन गरिरहेको राष्ट्रिय मानवअधिकार आयोगका अनुसार द्वन्द्वरत पक्षहरुबाट कति व्यक्तिहरुलाई बेपत्ता पारियॊ भन्ने यकीन तथ्याङ्क उपलब्ध हुन सकेको छैन तर ठूलो संख्यामा अवस्था अज्ञात बनाइएका व्यक्तिहरुमध्ये कतिपयको अवस्था हालसम्म पनि सार्वजनिक हुन सकेको छैन ।
सरकार र माओवादीबीच ५ मंसिर २०६३ मा सम्पन्न विस्तृत शान्ति सम्झौतामा बेपत्ता पारिएका व्यक्तिहरुको अवस्था सार्वजनिक गर्ने विषयमा प्रतिबद्धता जनाएको भए पनि त्यसको कार्यान्वयन भएको छैन । ुसशस्त्र द्वन्द्वको क्रममा बेपत्ता पारिएका व्यक्तिहरुको अवस्था सार्वजनिक गर्नु पीडित परिवारलाई राहत एवं क्षतिपूर्ति उपलब्ध गराउनु तथा दोषीलाई कानूनी कारवाही गर्नु संक्रमणकालीन न्यायको एक महत्वपूर्ण पक्ष होु आयोग प्रवक्ता गौरी प्रधानले भने ुतर विस्तृत शान्ति सम्झौता सम्पन्न भएको २० महिना वितिसक्दा पनि बेपत्ता पारिएका व्यक्तिहरुको अवस्था सार्वजनिक गर्न राज्यले ठोस कदम चालेको छैन ।ु
आयोगका अनुसार सशस्त्र द्वन्द्वको समयमा सुरक्षाकर्मीद्वारा व्यक्तिहरुलाई नियन्त्रणमा िलंदा सादा पोसाकमा गई आफ्नो परिचय समेत नदिइ पक्राऊ गर्ने तथा नियन्त्रणमा लिएका व्यक्तिको बारेमा निजहरुका आफन्त समेतलाई कुनै जानकारी नगराउने प्रचलन रहेको र नियन्त्रणमा रहेका व्यक्तिहरुलाई आफन्त तथा कानून व्यावसायीहरुलाई समेत भेटघाट गर्नबाट बिाचत गरी बेपत्ता पारेको पाइएको छ ।
पक्राउ गर्नुपूर्व र पछि पनि आफ्नो नियन्त्रणमा लिएको व्यक्तिलाई कुन् आरोपमा नियन्त्रणमा लिएको हो सो को जानकारी समेत नगराउने गरिएको र अधिकाँश थुनुवाहरुलाई आफुलाई कहाँ थुनामा राखिएको छ भन्ने जानकारी नगराइएको आयोगले जनाएको छ ।
अदालतको आदेशले मुक्त भएका वा थुनाको म्याद सकिएर रिहा भएका व्यक्तिहरुलाई पुनः पक्राउ गरी बेपत्ता पार्ने काम भएकाले पनि बेपत्ताको संख्या अनुमान गरिएभन्दा बढी रहेको आयोगको भनाइ छ । बेपत्ताको अवस्थामा थुनामा राखिएका अधिकांश व्यक्तिहरुलाई विभिन्न किसिमका शारिरीक तथा मानसिक यातना समेत दिईएको पाइएको तथा बेपत्ता पारिएका केही व्यक्तिहरुलाई मारिएको समेत प्ााइएको आयोगको ठहर छ ।
आयोगले हालै प्रकाशित तथ्यांकअनुसार सशस्त्र द्वन्द्वको क्रममा द्वन्द्वरत पक्षहरुबाट तीन हजार दुई सय ९९ व्यक्तिलाई बेपत्ता पारिएको भनी आयोगमा उजुरीहरु परेकोमा हालसम्मको अनुसन्धानबाट दुई हजार तीन सय २९ जनाको अवस्था सार्वजनिक भएको छ भने नौ सय ७० जनाको अवस्था हालसम्म पनि अज्ञात छ ।
राज्यले बेपत्ता पारेका व्यक्तिको संख्या २ हजार २ सय ४० छ । जसमध्ये एक हजार चार सय २७ को अवस्था सार्वजनिक भइसकेको छ भने एक सय ४२ जना मारिइसकेको सरकारले जनाएको छ । ६ सय ७१ जनाको स्थिति हालसम्म अज्ञात नै छ ।
यद्धकालमा राज्यका तर्फबाट सबैभन्दा बढी मध्यमााचलबाट बेपत्ता पारिएको तथ्यांक आयोगसँग छ । जसअनुसार मध्यामााचल विकास क्षेत्रबाट सुरक्षा निकायले एक हजार दुई सय ५० जनालाई बेपत्ता पारेकोमा दुई सय १५ जना अझै बेपत्ता छन् । माओवादी जनयुद्धलाई सघाएको अभियोगमा ६८ जनाको हत्या गरिएको तथ्यांक सरकारले आयोगलाई दिएको छ । मध्यमााचलबाट बेपत्ता पारिएकामध्ये र्नौ सय ६७ जनाको स्थिति भने सरकारले यसअघि नै सार्वजनिक गरिसकेको छ । हेर्नुस् बक्स ।
नेपाली सेनाको काठमाण्डौस्थित भैरवनाथ र युद्धभैरव गणभित्र थुनामा राखिएको विश्वास गरिएका व्यक्तिहरुमध्ये ४ महिला सहित कम्तिमा ४३ जना हालसम्म पनि बेपत्ता रहेका छन् ।
माओवादीले मूलरुपमा सूराकीको आरोपमा व्यक्तिहरुलाई कब्जामा लिई अवस्था अज्ञात बनाउने गरेको पाइएको आयोगको प्रतिवेदनमा छ । प्रतिवेदनमा जनआन्दोलन-२ को सफलतापछि माओवादीका केही भातृ संगठनहरुले जनअदालतमा उपस्थित गराउने प्रयोजनका लागि पनि व्यक्तिहरुलाई नियन्त्रणमा लिएको पाइएको उल्लेख छ । माओवादीबाट व्यक्तिहरुलाई कब्जामा लिँदा आफ्नो प्रष्ट परिचय नदिने तथा हातहतियार साथमा लिइ कब्जामा लिने गरेको तथा व्यक्तिलाई नियन्त्रणमा लिइसकेपछि आफन्त तथा सम्बन्धित सरोकारवालाहरुलाई कुनै जानकारी नगराउने भेटघाट गर्न नदिने लगायतका कार्यहरु गरेको पाइएको र कब्जामा लिएका व्यक्तिहरुलाई विभिन्न किसिमका शारीरिक तथा मानसिक यातना दिने तथा केहीलाई मार्ने कार्य समेत गरेको पाइएको सो प्रतिवेदनमा उल्लेख छ ।
माओवादीद्वारा कब्जामा लिई अवस्था अज्ञात पारिएको भनि आयोगमा एक हजार ५९ वटा उजुरी परेका थिए । तीमध्ये दुई सय ९९ जनाको अवस्था हालसम्म पनि अज्ञात छ ।
सशस्त्र द्वन्द्वको समयमा देशभर द्वन्द्वरत पक्षहरुबाट ठूलो संख्यामा व्यक्तिहरुलाई बेपत्ता पारिएका घटनाहरु भएका र सबै पीडितहरुको सम्बन्धित निकायमा उजुरी गर्न पहुँच नभएको कारणले अझैसम्म पनि बलपूर्वक बेपत्ताको तथ्याङ्क यति नै हो भनी यकिन गर्न सकिने अवस्था छैन ।
बेपत्ता पारिएको भनी परेका उजुरीहरुमध्ये केही व्यक्तिहरुको ठेगाना स्पष्ट रुपमा नखुलेको कारणले सम्पर्क गर्न नसक्दा त्यस्ता व्यक्तिहरुको वास्तविक अवस्था थाहा पाउन कठिनाई परेको तर अधिकांश व्यक्तिहरुलाई बेपत्ता पारिएका प्रमाणहरु प्राप्त भएको आयोगको भनाइ छ ।
बेपत्ताको अवस्था सार्वजनिक गर्न आयोगको पहलमा धादिङमा तीन काभ्रेपलााचोकमा दुई दैलेखमा एक कैलालीमा एक गरी सातवटा शवोत्खनन् भए । जसबाट केही व्यक्तिको अवस्था सार्वजनिक हुनुका साथै दोषीलाई कारवाही गर्न प्रमाणहरु प्राप्त भएको आयोगले जनाएको छ ।
सुरक्षाकर्मीद्वारा बेपत्ता पारिएका ३७ जना तथा माओवादीद्वारा कब्जामा लिइ अवस्था अज्ञात पारिएका १० व्यक्तिको अवस्था सार्वजनिक गर्न रिहा गर्न एवं पीडितलाई राहत एवं क्षतिपूर्ति उपलब्ध गराउन र दोषीलाई कारवाही गर्न आयोगले सरकारलाई सिफारिस पठाइसकेको छ ।
आयोगले संयुक्त राष्ट्र संंघमा बेपत्ता र यातना सम्बन्धि काम गर्ने कार्यदल र विशेष समाधिकक्षकलाई आमन्त्रण गर्न सरकारलाई अनुरोध गर्ने निर्णय भए बमोजिम सन् २००४ को डिसेम्बरमा यूएनडब्लुजीईआईडीका प्रमुख स्टेफेन टुपको नेतृत्वमा आएको टोलीलाई नेपालमा बलपूर्वक बेपत्ताको अवस्थाको बारेमा जानकारी गराइएको थियो ।
सरकारले बलपूर्वक बेपत्ता विरुद्ध व्यक्ति वेपत्ता पार्ने अपराध र सजाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा आयोगमा सुझावको लागि पठाएको थियो । आयोगले उक्त विधेयकमा भएका व्यवस्थाहरु अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप हुनु पर्ने भनी दफावार रुपमा सुझाव पठाएको छ ।
दुवैबाट बेवास्ता
द्वन्द्वकाल अन्त्य भई नेपाल नयाँ युगमा प्रवेश गरेपनि बेपत्ताका परिवारको पीडा उस्तै छ । त्यसबारे राज्य र माओवादी दुवैले अपेक्षित चासो देखाउन सकेका छैनन् । ुआयोगको सिफारिसलाई सरकारले प्रभावकारी रुपमा कार्यान्वयन नगरेको र माओवादीले पनि पटक पटकको प्रतिवद्धताका बाबजुद पनि त्यसको कार्यान्वयन नगर्नु प्रमुख चुनौतीको रुपमा लिइएको छु प्रतिवेदनमा भनिएको छ । त्यसो त प्रभावकारी कानुनको अभावमा पनि दुवै पक्षले त्यसबारे बाध्यात्मक चासो नदेखाएको पाइएको छ । आयोगलगायत अन्य मानवअधिकारवादी संघ संस्थाले पटकपटकका सरकारलाई बलपूर्वक बेपत्ताविरुद्धको छुट्टै कानून ल्याउन माग गरिरहेका छन् ।
नेपालको अन्तरीम संविधान २०६३ मा सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता पारिएका व्यक्तिहरुका परिवारहरुलाई राहत उपलब्ध गराउने तथा उक्त क्रममा मानव अधिकारको गम्भिर उल्लंघन गर्ने तथा मानवताविरुद्धको अपराधमा संलग्न व्यक्तिहरुको बारेमा सत्य अन्वेषण गर्न तथा समाजमा मेलमिलापको वातावरण निर्माण गर्न उच्चस्त्तरीय सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्ने व्यवस्था गरिएको छ तर हालसम्म उक्त व्यवस्थाको कार्यान्वयन गरिएको छैन ।
द्वन्द्वरत पक्षहरुले व्यक्तिहरुलाई कब्जामा लिई विभिन्न किसिमका शारिरीक तथा मानसिक यातना दिई प्रचलित कानून तथा मानव अधिकारका आधारभूत मन्यताहरुको गम्भिर उल्लङ्घन गरेको देखिन आएको भन्दै प्रतिवेदनमा भनिएको छ ुनियन्त्रणमा लिइएको अवस्थामा दिइएको यातनाता तथा क्रुर अमानवीय एवं अपमानजनक व्यवहारबाट पीडितहरुले विभिन्न किसिमका शारिरीक एवं मानसिक समस्याहरु भोग्नु परेको अवस्था छ ।ु
नियन्त्रणमा लिएको अवस्थामा व्यक्तिहरुलाई मानवोचित व्यवहार नभएको विरामीहरुलाई स्वास्थोपचारको उचित प्रबन्ध नगरिएको तथा यातनाका कारण केही व्यक्तिहरुको मृत्यु भएकोसमेत आयोगले जनाएको छ ।
आयोग एवं अदालतले गरेका निर्णयहरु समेत कार्यान्वयन नहुँदा पीडितहरुको मानव अधिकारको गम्भिर उल्लंघन त भएकै छ यसबाट देशमा दण्डहीनताको संस्कृतिले समेत प्रश्रय पाइरहेको आयोगको ठहर छ ।
बलपूर्वक बेपत्ताबाट गम्भिर रुपमा मानव अधिकार उल्लंघनको अवस्था देखिएकाले विद्यमान अवस्थामा सुधार ल्याउन आयोगले सरकार तथा माओवादीलाई विभिन्न सुझावसमेत दिएको छ ।
सरकारलाई दिइएको सुझावमा बलपूर्वक बेपत्ता कार्यमा संलग्न व्यक्तिहरुलाई कारवाही गर्न तथा यस्तो कार्य रोक्न बलपूर्वक बेपत्ता विरुद्धका अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको कानून बनाई लागु गर्न छानवीनको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको अधिकार सम्पन्न आयोगको गठन गरी यथाशिघ्र छानवीन थाल्न बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरुको अवस्था अविलम्ब सार्वजनिक गर्न भनिएको छ ।
त्यस्तै सशस्त्र द्वन्द्वको क्रममा बलपूर्वक बेपत्ता पारिएका तथा माओवादीद्वारा कब्जामा लिई अवस्था अज्ञात बनाइएका घटनाहरुबाट पीडित भएकाहरुलाई उचित राहत एवं क्षतिपूर्तिको व्यवस्था र उनीहरुको सामाजिक सुरक्षाको जिम्मेवारी लिन र विद्यमान दण्डहीनताको संस्कृतिको अन्त्य गर्न पनि आयोगले सरकालाई भनेको छ ।
त्यसैगरी माओवादीले सशस्त्र द्वन्द्वको क्रममा बलपूर्वक कब्जामा लिई अवस्था अज्ञात बनाएका व्यक्तिहरुको अवस्था अविलम्ब सार्वजनिक गर्नुपर्ने घटनाको छानवीन गरी यस्तो कार्यमा संलग्न व्यक्तिलाई कारवाही गर्न सम्बन्धित निकायलाई सहयोग गर्नुपर्ने सुझाव आयोगको छ ।

बक्स १
राज्यद्वारा बेपत्ता पारिएका भन्ने व्यक्तिहरुको संख्या
पूर्वााचल १४७६७७२३०
मध्यमााचल ९६७ ६८२१५१२५०
पश्चिमााचल १२६५४३१७४
मध्यपश्चिमााचल १२९५५३०२४८६
सुदुर पश्चिमााचल ५८८३४१००
जम्मा १४२७१४२६७१२२४०
श्रोत ः राष्ट्रिय मानव अधिकार आयोग बेपत्ता इकाई

बक्स २

माओवादीद्वारा कब्जामा लिई अवस्था अज्ञात पारिएका भन्ने व्यक्तिहरुको संख्या
पूर्वााचल २८६ १७४३६१
मध्यमााचल २७८१५५८३५१
पश्चिमााचल ३५१३४८
मध्यपश्चिमााचल ६९११४१२११
सुदुर पश्चिमााचल ७१४१३८८
जम्मा ७३९२१२९९१०५९
श्रोत ः राष्ट्रिय मानव अधिकार आयोग बेपत्ता इकाई